Tuesday, 02 March, 2021    |    २०७७ फाल्गुन १८ गते , मंगलवार

असमय बुढ्यौली किन र कसरी आउँछ ?


२०७७ फाल्गुन ५ गते , बुधवार प्रकाशित

uploads/media/

बुढो हुन नपरे हुन्थ्यो भन्ने कसलाई पो नालाग्दो हो र  ? आखिर बुढ्यौली किन र कसरी आउँछ अनि यसबाट कसरी छुटकारा मिल्छ ? यस बिषयमा  बिभिन्न देशका अनुसन्धानशालाहरुमा गहन अनुसन्धान कार्य बर्षौदेखि चलिरहेको छ । यस सम्वन्धका अधिकांश मामिलामा के हेरिन्छ भने ब्यक्तिको ‘बायालोजिकल एज’(कायिक उमेर) तिनको ‘क्रोनोलोजिकल एज’(सामयिक आयु)भन्दा बढेचढेको हुन्छ । त्यसो हुनुको आधारभूत कारण के होला त ? वास्तवमा बुढ््यौली असमयमै किन ढसमस्स आइदिन्छ ? यी सबै कुरारुको सुक्ष्मतापूर्वक अध्ययनका लागि ‘जरा बिज्ञान’ अर्थात ‘जेराण्टोलोजी’ नामको बिज्ञानको शाखानै छुट्टै खडा गरेर अध्ययनको आरम्भ गरिएको छ । जसमा बिज्ञानले के कुराको खोजी गर्दछ या बैज्ञानिकरुले के अनुसन्धान गर्दछन् भने के यो बुढो हुने स्थितिलाई केही समयसम्म टार्न या घटाउन सकिन्छ ? तर यो त्यतिबेला मात्र सम्भव हुन्छ जब बैज्ञानिकहरुले यसको सही कारण पत्ता लगाउन सक्तछन् । निश्चय नै यस दिशामा प्रयासहरु जारी रहेका छन् ।


कतिपय बैज्ञानिकहरुको के भनाइ छ भने शरीरमा चाँडै नै असक्तताका लक्षणहरु प्रकट हुनाका कारण शरीरका कोशिकाहरुमा हुने गरेको ‘म्यूटेशन’को प्रक्रिया हो । यस सिद्धान्तका अनुसार ‘म्यूटेशन’बाट प्रभावित कोशिकाहरुले पुनः आफैजस्ता कोशिकाहरुलाई जन्म दिने गर्दछन् । जसका प्रकृयाहरु भने असमान्य हुने गर्दछन् । फलतः शरीमा बिपरीत लक्षणहरु पनि प्रकट हुने गर्दछन् । एउटा अर्को मत अनुसार यस्तो क्रस लिङ्कका कारणले हुने गर्दछ । जसमा महत्वपूर्ण अणुहरुका बचि ठूलो स्तरमा बाँध(बोण्ड)को निर्माण हुनजान्छ । ती बाँधका कारणले कोशिकाहरु अगाडि आफ्ना सहज र स्वभाविक क्रियाकलापहरु जारी राख्न पाउँदैनन् र छाला, रक्तबाहिनीहरु कठोर बन्न थाल्दछन् । यस सम्वन्धमा बैज्ञानिकहरुको एउटा ठूलो समूहको के बिचार रहेको छ भने यस्ता ब्यक्ति स्वयमको रहन–सहन, चिन्तन–मनन एबं पर्यावरणको प्रभावका कारणले हुने गर्दछ । उनीहरुका अनुसार अचिन्त्य चिन्तनको दुष्प्रभाव आरम्भमा तन्त्रिका कोशिकाहरुमा पर्दछ र पछि फेरि अन्य तन्त्रिकाहरु त्यसबाट प्रभावित हुँदै जान्छन् ।

बुढ्यौलीको एउटा अर्को कारण स्मरण शक्तिको लोप हुँदै जानु हो । यस्तो किन हुन्छ त ? यसको उत्तरमा बैज्ञानिकहरु के भन्दछन् भने यस्ता मानिसहरुका तन्त्रिकाहरु अर्थात् तन्तुहरुमा जालिपर्न थाल्दछन्, साथै ‘ब्रेनको कन्ट्रयाक्ट’ तथा ‘हिपोकेम्पस’ रहेका भागमा ‘न्यूरोन’को कमी हुन थाल्दछ । यस सन्दर्भमा वैज्ञानिक ‘जोविंग’ले ध्यान प्रकृयाको अध्ययन रक्त रसायनहरुमाथि गरे । त्यस प्रयोगको अन्त्यमा उनी कुन निष्कर्शमा पुगे भने  यसबाट शरीको ‘प्लाज्मा काटीसोल’, प्लाज्मा प्रोलेक्टिन आदि रसायनको स्तरमा घटाउन सकिन्छ । अन्ततः बैज्ञानिकहरुले के स्वीकार गरे भने थकानरहीत ब्यायाम, सरल योगासान र ध्यान धारणा नै  एउटा महत्वपूर्ण उपाय हो जसले असमयमा हुने बुढ्यौलीबाट जोगाउन या बाहिर निकाल्न सक्तछ । 


लोकप्रिय