Friday, 16 April, 2021    |    २०७८ बैशाख ३ गते , शुक्रवार

प्रधानमन्त्रीद्वारा भूटानी शरणार्थी समस्या समयावधी किटान गरेरै टुंग्याउन जोड


२०७७ फाल्गुन ४ गते , मंगलवार प्रकाशित

uploads/media/



काठमाडौं  । प्रधानमन्त्री केपी शर्मा ओलीसँग शरणार्थीका लागि राष्ट्र संघीय उच्चायुक्तको कार्यालयको नेपालस्थित प्रतिनिधि मण्डलले मंगलबार भेट गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा उच्चायुक्तको कार्यालयकी  नेपालस्थित प्रतिनिधि क्यारोलिन स्पानुथ वर्माले भुटानी शरणार्थीको व्यवस्थापन बारे चासो राखको बताइएको छ ।


प्रधानमन्त्री ओलीले हालसम्म भूटानी शरणार्थीको यथोचित प्रबन्धका लागि शरणार्थीका लागि राष्ट्र संघीय उच्चायोगबाट प्राप्त सहयोगका लागि धन्यवाद प्रकट गर्दै बाँकी शरणार्थीको व्यवस्थापनका लागि पनि पूर्ववत् सहयोग रहने विश्वास व्यक्त गर्नुभयो । आफ्नै समस्याहरु सँग जुधिरहेको विकासोन्मुख देश नेपालले यसलाई समयबद्ध ढंगले व्यवस्थापन गर्न चाहेको भनाई प्रधानमन्त्रीको थियो । 


प्रधानमन्त्रीले शरणार्थी समस्या समाधानका लागि उनीहरुकै देशमा ससम्मान फिर्तीलाई पहिलो प्राथमिकतामा राखेको बताएको र त्यसो हुन नसके विकल्पमा तेस्रो मुुलुकमा स्थानानान्तरण र त्यसबाट पनि बाँकी रहेका शरणार्थीहरुको व्यवस्थापन नेपालमै गर्ने तीनवटै विकल्पमा कार्यगर्न नेपाल सरकार खुला रहेको समेत उल्लेख गरेका थिए । यसका लागि उच्चायोगबाट सहयोग प्राप्त हुने विश्वास समेत उनको थियो । 


जवाफमा प्रतिनिधि वर्माले शरणार्थी व्यवस्थापनसम्बन्धी सहयोग निरन्तर गर्ने बारे उच्चायोग सकारात्मक रहेको बताएकी थिइन् । 


लोकप्रिय


    Warning: Invalid argument supplied for foreach() in /home/nepalpatranews34/public_html/files/single-content.php on line 86
uploads/media/img-4.gif

सम्बन्धित समाचार


Leave a Comment