Tuesday, 02 March, 2021    |    २०७७ फाल्गुन १८ गते , मंगलवार

कुमारी बैंक र ठमेल पर्यटन विकास परिषदबीच सहकार्य


२०७७ फाल्गुन ४ गते , मंगलवार प्रकाशित

uploads/media/

कोभिड महामारीले प्रभावित पर्यटन व्यवसायीहरुको कारोबार पुनर्जागरणका लागि कुमारी बैंक लिमिटेड र ठमेल पर्यटन विकास परिषदबीच ठमेल पर्यटन व्यवसाय पुनर्जीवन कर्जा सेवा उपलब्ध गराउने सम्बन्धमा सहकार्य भएको छ । उक्त सहकार्य अन्तर्गत ठमेल पर्यटन विकास परिषदमा आवद्ध रजिष्टर्ड सदस्य व्यवसायीहरुलाई उक्त कर्जा सुविधा प्रदान गरिने भएको छ । 

यसरी प्रदान गरिने अधिविकर्ष तथा चालु पूँजी कर्जा लगायत आवधिक कर्जाको सीमा अधिकतम १५ लाख रुपैयासम्म रहेको छ । ती उक्त कर्जाहरु व्यवसायको संचालन तथा प्रशासनिक खर्च व्यवस्थापनको लागि लगानी गर्ने बैंकले जानकारी दिएको छ । उक्त कर्जा, आकर्षक ब्याजदर तथा न्यूनतम प्रशासनिक शुल्कमा प्रदान गरिने बैंकले जनाएको छ ।  

देशभर १९२ शाखा, १५६ एटिएम, २३ शाखा रहित बैंकिङ ईकाई र १३ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक सेवा सुविधाहरु उपलब्ध गराइरहेको कुमारी बैंकले स्थानिय अर्थ व्यवस्था, खासगरी पर्यटन व्यवसायको विकासको निमित्त आगामी दिनहरुमा अझ प्रभावकारी सहकार्यहरु गर्दै जाने प्रतिवद्धता जनाएको छ ।


लोकप्रिय