चमेली कल्याणकारी बचत तथा ऋण सहकारी संस्थाको आयोजना र नेफ्स्कुनको प्राविधिक सहयोगमा कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्याशाला सम्पन्न भएको छ ।
नेफ्स्कुनका अध्यक्ष परितोष पौडेलको प्रमुख आतिथ्यता एवं चमेली कल्याणकारी साकोसका सचिव एवं प्रोवेशन कार्यदलका संयोजक मीठाराम न्यौपानेको अध्यक्षतामा कार्यक्रम भएको हो ।
प्रोबेशन बागमती क्लस्टर तेश्रो अन्तर्गतका प्रोशेसन ब्राण्ड मा सहभागि १० वटा संस्थाको सहभागितामा कार्यशाला सम्पन्न भएको हो । ब्राण्डमा सहभागि संस्थाहरुले हरेक ३–३ महिनामा प्राप्त गरेका उपलब्धीहरुका बारेमा एकअर्काबीच प्रस्तुत गर्ने गरिएको र सोही अनुसार कार्यक्रम आयोजना गरेको चमेली कल्याणकारी साकोसका व्यवस्थापक सुदर्शन चौलागाईंले बताए ।
पल्र्स र हिमाल दुवैको गरी १०० अंक रहेको हुन्छ, ब्राण्ड लिनका लागि कम्तीमा ६० अंक प्राप्त गर्नुपर्छ भने ८० अंक ल्याउन सके उत्कृष्ट मानिन्छ । कार्यशालामा संस्थाको कारोबार, पल्र्स र हिमालले निर्धारित गरेका अनुसारका अंक प्राप्त गर्न पूरा गर्नुपर्ने इण्डिकेटरहरुका विषयमा छलफल तथा सहभागि संस्थाको तर्फबाट प्रस्तुतिकरण गर्ने गरिन्छ । प्रत्येक संस्थाको व्यवस्थापक र प्रोबेशन कार्यदलमा रहेका संस्थाका पदाधिकारीको गरी ५ जनाको कार्यदल बन्छ र सोही कार्यदलबाट कार्यशालामा सहभागिता हुने गरेको छ । कार्यशालाले ब्राण्ड लिनका लागि संस्थाको अवस्थाको अवलोकन र सुधार गर्नुपर्ने इण्डिकेटरका बारेमा जानकारी गराइने उनले जनाए ।
संस्थाले चालु आ.व. २०७७।०७८ को अर्धवार्षिक समीक्षा समेत गरेको जनाएको छ । संस्थाको कारोबारमा वृद्धि भए पनि कोभिड १९ का कारण लगानी गर्न नसक्दा गत वर्षको तुलनामा नाफामा केही कमी आएको उनले जनाए । त्यसैगरी कोभिडका कारण संस्थाले घोषणा गरेका कार्यक्रमहरु सम्पन्न गर्न नसकेको र आगामी दिनमा सम्पन्न गर्दै लैजाने योजना बनाएको छ ।
संस्थाले गत पौष मसान्तसम्म ३६६४ शेयर सदस्य, संस्थागत कोषहरु ३ करोड ६४ लाख, ४ करोड ३३ लाख शेयरपूँजी, ४७ करोड ८१ लाख बचत संकलन र ४१ करोड ४३ लाख कर्जा लगानी गरी कुल पूँजी ५९ करोड १९ लाख पुगेको छ ।