Tuesday, 02 March, 2021    |    २०७७ फाल्गुन १८ गते , मंगलवार

उद्योग क्षेत्रलाई प्रतिस्पर्धी बनाई रोजगारी वृद्धि गर्न माग


२०७७ माघ २८ गते , बुधवार प्रकाशित

uploads/media/


नेपाल उद्योग परिसंघका प्रतिनिधिहरुले मुख्यसचिव शंकरदास वैरागीलाई भेट गरी औद्योगिक विस्तारबाट रोजगारी सृजना गर्ने सम्बन्धमा छलफल गरेका छन् । छलफलमा परिसंघका अध्यक्ष सतिशकुमार मोरले विभिन्न क्षेत्रका उद्योगहरुले नेपालको कुल ग्राहस्थ उत्पादनमा पु¥याएको योगदानलाई उजागर गर्दै उत्पादनमूलक उद्योगहरुको क्षमता विकास र प्रतिस्पर्धी बनाई स्वदेशमानै रोजगारी सृजना गर्न सरकारले सहज वातावरण तयार गर्नु पर्ने बताए ।

अध्यक्ष मोरले नेपालको युवाले विदेशमा गएर रोजगारी गर्नु पर्ने बाध्यतालाई न्यूनिकरण गर्दै विदेशमा रहेका युवाहरुलाई पनि स्वदेशमा नै अवसर प्रदान गर्नको लागि दीर्घकालिन लक्ष्यहरु तय गरी सरकार र निजी क्षेत्र एकैसाथ अगाडि बढ्नु पर्ने धारणा राखे ।

परिसंघको अनुसन्धान इकाईले अध्ययन गरी तयार गरेको नेपालमा उद्योग दर्ताको स्थिति र त्यसबाट भएको रोजगारी सृजनाका सम्बन्धमा छलफल भएको थियो । छलफलमा नेपालको अर्थतन्त्रलाई माथि उठाउनको लागि आयात प्रतिस्थापन गरी देशलाई आत्मनिर्भर तर्फ उन्मुख गराउन सरकार र निजी क्षेत्रको सहकार्यलाई जोड दिइएको थियो ।

मुख्यसचिव वैरागीले नेपालमा कृषि क्षेत्रलाई प्रधानमन्त्रीबाट उच्च प्राथमिकतामा राखेको सन्दर्भ उल्लेख गर्दै कृषि क्षेत्रमा निजी क्षेत्रले रोजगारी सृजना गर्न सक्ने धारणा राखे । सरकारले कृषि क्षेत्रमा पनि वैदेशिक लगानीलाई खुला गरेकोले यसतर्फ निजी क्षेत्रको ध्यान जानु पर्ने विचार व्यक्त गरे ।

लोकप्रिय