Friday, 16 April, 2021    |    २०७८ बैशाख ३ गते , शुक्रवार

सदस्यको सहारा बन्दै ‘सहारा नेपाल साकोस’


२०७७ माघ २७ गते , मंगलवार प्रकाशित

uploads/media/

झापाको बिर्तामोड, चारपानेमा रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था सदस्यहरुको वास्तविक सहारा बनेको छ भन्दा फरक पर्दैन । संस्थाले आफ्ना सदस्यहरुलाई जन्म देखि मृत्युसम्मको चक्रमा विविध सेवा दिएर सदस्यको सहारा बनेको हो । 

सबै उमेर समुहका सदस्यहरुलाई सेवा दिन संस्थाले विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको छ ।

संस्थामा आवद्ध महिलासदस्य सुत्केरी हुँदा सुत्केरी पोषण खर्च उपलब्ध गराउँदै आएको छ भने शिक्षा बचत खाता सञ्चालन गरी बालबालिकाहरुको जन्मदिनमा केक उपहार दिनुका साथै सानै देखि उनीहरुमा सहकारिताको भावना विकास गर्ने काम गरेको छ ।

त्यसैगरी संस्थाले सदस्य संरक्षण योजना अन्तर्गत विभिन्न कार्यक्रम सञ्चालनमा ल्याएको संस्थाका सचिव एवं कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले बताए । शेयर सदस्यका छोराछोरीले आमाबाबु दुवै गुमाई अनाथ भएको अवस्थामा बालिग नहुञ्जेल संस्थाले शिक्षा र पालनपोषण गर्नका लागि भरोसा कार्यक्रम मार्फत खर्च प्रदान गर्दै आएको उनले बताए । 

संस्थाले सामाजिक सुरक्षा योजना अन्तर्गत सदस्य पोषण भत्ता, जेष्ठ सदस्य सम्मान भत्ता, दीर्घायु सदस्य भत्ता, एकल महिला भत्ता र एकल पुरुष सहयोग कार्यक्रम सञ्चालनमा ल्याएको छ । जेष्ठ सदस्यहरुको स्वास्थ्यलाई सहयोग पु¥याउन पोषण युक्त खानपानका लागि वार्षिक ६०००, ७० वर्ष उमेर पुगेका शेयरसदस्यहरुलाई जेष्ठ सदस्य सम्मान अन्तर्गत ८००० र ८१ वर्ष उमेर पुगेकालाई वार्षिक १०००० रुपैया दिँदै आएको छ । त्यसैगरी ८६ वर्षदेखि ९९ वर्ष सम्मका सदस्यहरुलाई दीर्घायू सदस्य भत्ता वापत वार्षिक २५००० दिँदै आएको छ । 

श्रीमान्को मृत्यु भइ एकल जीवन विताइरहको महिलाहरुलाई वार्षिक ८००० र ५८ वर्ष पूरा गरेका एकल पुरुषहरुलाई वार्षिक ६००० रकम उपलब्ध गराउने गरेको गिरीले जानकारी दिए । त्यसैगरी सदस्यहरु दुर्घटनामा परी स्थायी अशक्त वा अपाङ्ग भएको अवस्थामा उनीहरुको जीवनयापन सहज बनाउन वार्षिक १० हजार रुपैया संस्थाले उपलब्ध गराउँदै आएको छ । 

त्यसका अतिरिक्त संस्थाले सदस्यहरुको स्वास्थ्यलाई ख्याल राखी विभिन्न कार्यक्रम सञ्चालनमा ल्याएको छ । बचत ऋण बाहेक तीनचारवटा क्षेत्रमा संस्थाले काम गर्दै आएको गिरीले बताए । “मानिसहरुले कमाएको अधिकांश रकम स्वास्थ्यमा नै खर्च गर्नुपर्ने अवस्था अहिले छ ।” उनले थपे, “पुख्र्यौली सम्पत्तिले समेत नपुगेर पत्रपत्रिकामार्फत सहयोगका लागि अपील गर्नुपरेको देखिन्छ । तर सहाराका सदस्यहरुको यस्तो अवस्था भोग्नु नपरोस् भनेर स्वास्थ्य कार्यक्रम सञ्चालनमा ल्याएका हौं । ” 

स्वास्थ्य सेवा अन्तर्गत घरदैलो सेवा, संजिवनी, सिनियर सिटिजन हेल्थ केयर, वेलनेस सेन्टर, एम्बुलेन्स सेवा, जीवन बरदान जस्ता कार्यक्रम रहेको गिरीले बताए । 

सहारा नेपालका सदस्यहरुले मुलुकभरका १०० भन्दा बढि अस्पतालमा उपचार पाउने व्यवस्था मिलाइएको उनले बताए । संस्थाले एकसय भन्दा बढि अस्पतालसँग सम्झौता गरेको र अहिलेसम्म कुनै पनि सहकारीले यति ठूलो आँट गर्न नसकेको भन्दै उनले थपे “संस्थाले कमाएको केहि प्रतिशत रकम सदस्यको स्वास्थ्योपचारमा खर्च गर्ने हाम्रो उद्देश्य हो ।” संस्थाले प्रत्येक सदस्यलाई फोटो सहितको हेल्थ कार्ड उपलब्ध गराएको र त्यहि कार्डको आधारमा धरौटी नराखी अस्पतालमा भर्ना हुन सकिने उनको भनाई छ । अहिलेसम्म संस्थाले सदस्यहरुलाई ८० प्रतिशतसम्म स्वास्थ्योपचार खर्चमा सहयोग गर्दै आएको र वि.सं. २०८० बाट शत्प्रतिशत खर्च व्यहोर्ने योजना रहेको उनले जनाए । 

संस्थाले अस्पताल भर्नापछि लाग्ने अपरेशन चार्ज, औषधिपानी, सामान्य बेड चार्ज उपलब्ध गराउँदै आएको छ भने दुर्घटना र घातक रोग लागेको खण्डमा १० लाख रुपैयासम्म उपचार खर्च व्यहोरिदिने गरेको छ । 

सदस्यलाई क्यान्सरजस्ता जटिल रोग लागेमा उपचारका लागि भारतमा लैजाँदा समेत सो सुविधा उपलब्ध गराउँदै आएको छ । लाभांशमा भन्दा पनि संस्थाले सदस्यहरुलाई बढि सेवासुविधा दिने कार्यक्रम अघि सारेको छ । 

स्वास्थ्य कार्यक्रम संस्थाको आफ्नै आर्थिक श्रोतबाट शुरु गरिएको र सदस्यहरुलाई बढिभन्दाबढि सुविधा दिनु नै संस्थाको लक्ष्य रहेको कार्यकारी प्रमुख गिरीले बताए । 

संस्थाले सफ्टवेयर र आइसीयू भएको अस्पताललाई मात्र आधिकारिकता दिएको छ भने सदस्यले पेश गरेको बीलका आधारमा नभई अस्पतालमा नै गएर उपचारमा लागेको खर्च तिरिदिने व्यवस्था गरेको छ ।

संस्थाले सञ्चालन गरेको संजीवनी कार्यक्रम अन्तर्गत १० वटा रोगहरु उच्च रक्तचाप, सुगर, थाइराइड, कोलेस्ट्रोल, यूरिक एसिड, मुटु, मृगौला, दम, छारे रोग र कोलाइटिसका विरामीहरुलाई औषधी खरिदमा ५० प्रतिशत आर्थिक सहयोग उपलब्ध गराउँदै आएको जनाएको छ ।

त्यसका लागि सदस्यले रक्षा बचत खाता खोली ५० प्रतिशत रकम जम्मा गर्नुपर्ने व्यवस्था संस्थाको छ । अपरेशन पश्चात् घर फर्किएका सदस्यहरुको डे«सिङ लगायत अन्य सेवा लिन अस्पतालमा जानु नपरोस् भनेर स्वास्थ्य यूनिट नै खडा गरेको छ । सो यूनिटका कर्मचारीले सदस्यको घरमा नै गएर नियमित ड्रेसिङ लगायतका प्राथमिक उपचार प्रदान गर्ने गर्छन् । 

संस्थाले जेष्ठ सदस्य तथा वृद्ध आमाबुबालाई लक्षित गरी सिनियर सिटिजन हेल्थ केयर कार्यक्रम पनि सञ्चालनमा ल्याएको छ । उनीहरु बिरामी भइ घरमै बस्नुपरेमा मिनि अस्पताल सरहको सेवा दिन ह्विल चेयर, अस्पताल बेड, कुर्सी , अक्सिजन जस्ता सेवा न्यूनतम शुल्कमा उपलब्ध गराउने गरेको छ । 

संस्थाले कोरोना पोजिटिव देखिएका सदस्यहरुलाई होम आइसोलेसनमा बस्दा दैनिक ५०० का दरले १४ दिनसम्म र अस्पतालमा नै भर्ना भई उपचार गर्नुपरेमा ३ लाखसम्म आर्थिक सहयोग उपलब्ध गराउँदै आएको जनाएको छ । 

संस्थाले निकट भविष्यमा डायलसिस सेन्टर समेत सञ्चालनमा ल्याउने भएको छ । 

संस्थाले परिवार राहत कार्यक्रम सञ्चालनमा ल्याएको र सदस्य बनेर संस्थालाई दिएको समयको आधारमा ५ लाखसम्म राहत सुविधा उपलब्ध गराउने गरेको छ । शेयर सदस्य ७५ वर्ष पुगेपछि सदस्य स्वयं र मृत्यु भएको अवस्थामा आश्रित परिवारको जीवनयापन सहज होस् भनेर ५ लाख सम्म रकम उपलब्ध गराउँदै आएको हो । 

त्यसका अलावा सदस्यको मृत्यु पश्चात् पनि संस्थाले १० वर्षसम्म सम्झना गर्ने गरेको छ । संस्थाले सहारा स्मृति कार्यक्रम सञ्चालन गरी हरेक दुईदुई वर्षमा ५ पटक सम्म आश्रित परिवारलाई २५ हजारका दरले नगदै उपलब्ध गराउँदै आएको छ । सदस्यको मृत्यु हुँदा निजको परिवारको सदस्य संस्थाको सदस्य रहेको अवस्थामा जनही ३० हजारका दरले आर्थिक सहयोग संस्थाले दिँदै आएको छ । 

सबै सदस्यलाई संस्थाले समान व्यवहार गर्ने र दिने सेवासुविधामा कसैलाई कुनै विभेद नगरिने कार्यकारी प्रमुख गिरी बताउँछन् । तर सदस्यहरुले संस्थाले बनाएको आधारभूत नीतिनियमलाई भने पालन गर्नु अनिवार्य छ । सहकारी ऐन २०७४ ले विभिन्न कोषको व्यवस्था गरेको भएपनि स्वास्थ्य कोषको व्यवस्था नगर्दा आफूहरुलाई काम गर्न कठिनाइ भएको उनले बताए । 


संस्थाले आफ्नो कार्यक्षेत्र भित्रका नगरपालिका र गाउँपालिकासँग सहकार्य गरी  जेष्ठ नागरिक चौतारी निर्माण गरेको छ । हालसम्म १८ वटा त्यस्ता चौतारीहरु निर्माण गरेको र संस्थाका कार्यक्षेत्र भित्रका ८० वटा नगर र गाउँपालिकाहरुमा त्यस्ता चौतारी बनाउन बजेट विनियोजन भइसकेको गिरीले बताए । 

विपन्न सदस्यका लागि संस्थाले आश्रय कार्यक्रम अन्तर्गत बाँसको घर बनाइदिने गरेको  छ । हालसम्म ५०० भन्दा बढि विपन्न परिवारलाई त्यस्ता घर बनाइदिएको उनले जनाए । प्रति घर निर्माणमा १ लाख ५० हजार खर्च लाग्ने गरेको छ । 

संस्था बचतऋण भएपनि उद्यमशीलता विकासका लागि झापाको बाहुनडाँगी देखि उदयपुरको चुरे क्षेत्रसम्म ५००० बाख्रा पालनका आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउने प्रक्रिया संस्थाले अगाडि बढाएको छ । त्यसैगरी तरकारीमा व्यवसायिकता ल्याउन टनेल भिलेजको अवधारणा अघि सारेको छ । 

बचतऋण सहकारी भएकाले प्रत्यक्ष रुपमा उत्पादनमा जान नसकेपनि केहि नयाँ तरिकाले काम गर्न खोजिएको प्रमुख गिरी बताउँछन् । सहकारी मध्यमवर्ग सम्म मात्रै पुगिरहेको अवस्थामा लघुवित्तमार्फत गाउँगाउँमा पुगेर निम्न आय भएका मानिसहरुको जीवनस्तर माथि उकास्न संस्थाले बिनाधितो महिला समुहमार्फत लगानी गर्दै आएको छ । 

२०५८ सालबाट संस्थाले लघुवित्त कार्यक्रम सञ्चालनमा ल्याएको हो । कर्पोरेट एजेन्टको रुपमा संस्थाले सदस्यहरुलाई विभिन्न जिवन तथा निर्जिवन बीमा सुविधा प्रदान गर्दै आएको छ । 

२०५२ सालमा ३३ जना शेयरसदस्य र ३४ हजार शेयरपूँजीबाट झापाका तत्कालिन ३ वटा गाविसलाई कार्यक्षेत्र बनाएर अगाडि बढेको संस्था ११ वटा जिल्लाका १ लाख ४८ हजार सदस्यमाझ पुगेको छ । संस्थाले ७१ वटा सेवा केन्द्र, सात वटा अनुगमन कार्यालय र सात वटा सम्पर्क सेवाकेन्द्रमार्फत सदस्यहरुलाई सेवा दिँदै आएको छ । संस्थामा ४६२ जना कर्मचारी कार्यरत छन् ।

संस्थाको शेयरपूँजी १ अर्ब ४० करोड, जगेडा तथा अन्य कोषमा १ अर्ब २० करोड, बचत संकलन ७ अर्ब ३० करोड ५८ लाख र लगानी ८ अर्ब २४ करोड ५० लाख गरी कुल वासलात १० अर्ब ७५ करोड पु¥याएको छ । 


लोकप्रिय


    Warning: Invalid argument supplied for foreach() in /home/nepalpatranews34/public_html/files/single-content.php on line 86
uploads/media/img-4.gif

सम्बन्धित समाचार


Leave a Comment