१
नाङ्गिदै छन्,
हिउँको अभावमा
हिमालहरू ।
२
लोप हुँदैछ
सौन्दर्य पहाडको
नपाई स्नेह ।
३
मख्ख पर्दैछन्
लहरको स्पर्शमा
किनाराहरू ।
४
ओसियो धर्ती
निठुरी मौसमले
बदल्दा रङ ।
५
खोज्दैछन् बास्ना
कागजको फूलमा
अल्लारेहरू ।
६
को सुन्छ यहाँ
खोला नदीहरूको
तीतो गुनासो ।