Friday, 16 April, 2021    |    २०७८ बैशाख ३ गते , शुक्रवार

बाल कुपोषणबाट मुक्त हुन सम्बद्ध सबै गम्भीर बनौं !


२०७७ माघ २३ गते , शुक्रवार प्रकाशित

uploads/media/

आज कुपोषण  एउटा गम्भीरतम अन्तर्राष्ट्रिय समस्या र ठूलो चिन्ताको बिषय बनेको छ । बिश्व बैंकले त यसको तुलना ‘ब्ल्याक डेथ’नामको महामारीसँग गरिसकेको छ । हुन पनि त्यो महामारीले १८औं शताब्दीमा यूरोको जनसंख्याको एउटा ठूलो हिस्सालाई अकालमै निलेको थियो । कुपोषणलाई पनि यस्तै किसिमको त्रासद समस्या मानिएको छ । बिश्व बैंक जस्तो संस्था किन यो समस्याप्रति यत्तिको बढी चिन्तित छ भन्ने प्रश्न पनि खडा भएको छ । किनकि सामान्यरुपमा त कुपोषणलाई चिकित्सासँग सम्बन्धित बिषय मानिन्छ र धेरैजसोले यो नै सही हो भन्ने सोच्दछन् पनि । हुन पनि जब भोक र गरीबी राजनीतिक एजेण्डाको प्राथमिकतामा पर्दैन त्यस स्थितिमा ठूलो संख्यमा कुपोषण सतहमा देखा पर्दछ । यो एउटा यस्तो अमानबीय दुष्चक्र हो जसको चंगुलमा बच्चाहरु आफ्नी आमाको गर्भमा रँहदादेखि नै पर्ने गर्दछन् । तिनको जीवनको नियति दुनियामा जन्म लिनुभन्दा पहिलादेखि नै यसरी तय हुने गर्दछ । यस प्रकार तिनको के नियति लेखिन्छ भने गरीबी  भोकमरीकै मसी हो । यसको रंग मसिको जस्तै उदास हुन्छ । अनि स्थिति गम्भीर हुनजाँदा जीवनमा आशाको किरण पनि हुर्किन पाउँदैन । कुपोषणको अर्थ हुन्छ कि आयु र शरीरको अनुरुप पर्याप्त शारिरीक बिकास नहुनु, जुन एक स्तर पछि गएर यसले मानसिक बिकासको प्रकृयालाई पनि अबरुद्ध पार्न थाल्दछ । धेरै स–साना बाल बालिकाहरु खाशगरी जन्मदेखि लिएर ६ बर्षसम्मका बाल बालिका भोजनको माध्यमबाट पर्याप्त पोषण आहार प्राप्त नहुने कारणले तिनीहरुमा कुपोषणको समस्या पैदा हुनाजन्छ । यसको परिणामस्वरुप बाल बच्चाको रोग प्रतिरोधक क्षमता घट्न थाल्दछ । हाम्रो देशमा यो समस्या कत्तिको फैलिएको छ त्यसको बारेमा गम्भीर अध्ययन भएको प्रतीत हुदैन । सामान्यतः बाल तथा मातृ मृत्यु दर घटेकोमा नै सन्तुष्टी जाहेर गर्ने गरेको भने यत्रतत्र सुनिदै आएको भने छ ।
यो कुपोषणको सम्वन्धमा बिभिन्न देशहरुमा गरिएका अध्ययनहरुले के देखाएका छन् भने कुपोषण वास्तवमा घरेलु खाद्य असुरक्षाको प्रत्यक्ष परिणाम हो ।सामान्यरुपमा खाद्य सुरक्षाको अर्थ हो – सबैमा खाद्यको पहँुचको स्थिति, हरेक समयमा खाद्यको पहुँच र सक्रिय स्वस्थ जीवनका लागि पर्याप्त खाद्य उपलब्धताको अबस्था । जब यो स्थितिमा एक वा एकभन्दा बढी  कुरामा कमी आउँदछ भने त्यो परिवार खाद्य असुरक्षाको चक्रब्यूहमा पर्दछ । खाद्य सुरक्षा सरकारको नीति र प्राथमिकताहरुमाथि निर्भर गर्दछ । कुपोषणले बच्चाहरुलाई सबैभन्दा बढी प्रभावित तुल्याउँदछ । यो जन्म या त्योभन्दा पहिलादेखि नै शुरु हुन्छ ६ महिनादेखि ३ बर्षको अबधिमा तीब्रतापूर्वक  बढ्न सक्तछ भन्ने अध्ययनहरुले देखाएको छ । सबैभन्दा भयंकर परिणाम यसबाट हुने आर्थिक नोक्सानी हुनजान्छ ।


कुपोषणका कारण मानब उत्पादकता पनि १० देखि १५ प्रतिशतसम्म कम हुन पुग्दछ भने समेत अध्ययनको निष्कर्श छ  जसले घरेलु उत्पादलाई ५ देखि १० प्रतिशतसम्म कम गर्न सक्तछ भन्ने अनेक अनुसन्धानका निष्कर्शहरु छन् । कुपोषणका कारणले नै ठूलो संख्यामा बाल बालिकाले बिद्यालय छोड्ने (ड्रप आउट)गर्दछन् । ठूला भए पछि तिनहरु अकुशल मजदुरहरुको लामो पंक्तिमा खडा हुन पुग्दछन् । जुन राष्ट्रिय अर्थतन्त्रमा ठूलो बोझ  बन्ने समसया खडा सक्तछ । हाम्रो देशमा पनि लाखौ यस्ता परिवारका मानिसहरु छन् जो अति गरीबीको श्रेणिमा आउँदछन् भन्ने तथ्यहरुले देखाउँदछन् । यथार्थ के हो भने त्यस्ता परिवारका सदस्यहरुलाई दुइ छाक टार्ने र पेट भर्ने कुरा पनि भाग्यमा हुदैन । के सिद्ध भइसकेको छ भने पर्याप्त खाना प्राप्त नहुँदा शरीरको रोगसँग लड्न सक्ने क्षमता कम हुन जान्छ र तिनीहरु चाडै नै बिमारीको चपेटामा पर्न सक्तछन् । जन्मको समयमा अढाई किलोभन्दा कम तौल हुँदा बच्चाहरु धेरै सानो उमेरमै कालकलबित हुने सम्भावना पनि धेरै गुणा बढी हुन्छ भन्ने पनि यस सम्वन्धि बिभिन्न अनुसन्धानले देखाएको छ ।


यस प्रकार समग्रमा कुपोषण एउटा धेरै जटीले समस्या बनेर खडा भएको छ । यसको निदान र उपचारका लागि घरेलु खाद्य सुरक्षा सुनिश्चित गरिनु अत्यावश्यक छ । यस सम्वन्धमा ब्राजिलबाट पनि सिक्न सकिने ज्ञाताहरु बताउँदछन् । त्यो देशमा भोक र कुपोषणलाई राष्ट्रिय लज्जाबोधको बिषय मानिने गर्दछ । आजभोली किसान समुदायलाई खाद्यान्नबाट हटाएर नगदे बालीतर्पm लाग्न लगाउन जोड दिने गरिएकोले गर्दा पनि खाद्य संकट अझ गहिरिदै गएको हो भनिएको छ । त्यसमाथि कृषिमा खाशगरी अन्न उत्पादनमा पनि बाह्य निर्भरताले गर्दा समेत कुपोषण बढ्ने गरेको यथार्थ छ । त्यसैले कुपोषण सम्वन्धी यो समस्या केही औपचारिक कार्यक्रम अर्थात् गोष्ठी, छलफल, अन्तरक्रिया आदि गरेर मात्र समाधान हुने छैन । एउटा साच्चै नै ठोस, जन समर्पित पहल र त्यसको निरन्तरताको नितान्तै आवश्यकता छ जसले गर्दा जनताले भोकै बस्नुपर्ने स्थिति कम्तिमा अन्त्य गरोस् । यसका निमित्त सम बितरणको समतामुखी समाज निर्माण अत्यावश्यक शर्त बन्दछ ।


यो  कुपोषणको एउटा मामिलाको केही पहिलाको तथ्यांक अुनसार भारत ब्राजिलभन्दा ४७ प्रतिशत चीनभन्दा २६ प्रतिशत तथा दक्षिण अफ्रिकाभन्दा २१ प्रतिशत पछाडि छ भन्ने दर्शाएको थियो । यस परिप्रेक्षमा नेपाल पनि योभन्दा भिन्न अबस्थामा अगाडि बढेको होला भनेर अनुमान गर्न सकिदैन । देशको पछिल्लो कृषि गणनाले पनि यो समस्या  दर्शाइसकेको छ । कुपोषणले शहरी क्षेत्रका तुलनामा ग्रामीण क्षेत्रहरुमा बढी मात्रामा बाल बालिकाहरु कम आक्रान्त देखिएका छन् । ‘¥यापिड सर्बे अफ इण्डिया’ को २०१३ अर्थात् आजभन्दा ८ बर्ष अघिको तथ्यांक अनुसार भारतमा मात्रै १९.५ प्रतिशत यस्ता खालका बाल बालिकाहरु रहेका छन् जसको उमेर ५ बर्षभन्दा कम छ र तौल पनि तिनको सामान्यकोभन्दा कम रहेको छ । तथापि अहिले दक्षिण एशियामा नेपाल नै कुपोषणको कमी ल्याउनमा प्रथम स्थानमा रहेको छ भने भारत दोश्रो स्थानमा छ । ब्रिक्स देशहरु(ब्राजिल,रुस, चीन र दक्षिण अफ्रिका) को तुलना गर्ने हो भने  भारतको कुपोषित बाल बच्चाहरुको प्रतिशत सबभन्दा बढी छ ।  भारत नेपालभन्दा पनि पछि परेको  छ  जहा यति बेला पाँच बर्षभन्दा कम उमेरका कुपोषित बच्चाहरुको २९.१ प्रतिशत रहेको छ । संयुक्त राष्ट्रका अनुसार भारतमा हरेक बर्ष कुपोषणका कारण मृत्यु हने  पाँच बर्षभन्दा कम उमेरका बालबच्चहरुको सख्या १० लाखभन्दा बढी छ । दक्षिण एशियामा भारत कुपोषणको कुरामा सबैभन्दा खराब अबस्थामा रहेको केही पहिलाको तथ्यांकले दर्शाएको थियो ।


आज कोभिड–१९को बिश्वब्यापी महामारी चलिरहेको बेला त्यसले शारिरीक मानसिकरुपमा कमजोर त पारेकै छ, त्यस अतिरिक्त धेरै रोजगार गुमाएका मानिसहरुको परिबार र तिनका बाल बालिकालाई चाहिने पोषणको अभाव थप समस्या हुन गइरहेको छ र यसको गम्भीर परिणाम आगामी दिनमा देखिदै जाने प्रष्ट छ । अतः यो पहिलेदेखि रहिरहेको र कोभिड–१९ का कारण अझ बढ्न गएको संग्रहीत कुपोषणले पार्ने दुष्प्रभाव र थपिने बोझको निराकरणका लागि सम्वद्ध सबै अहिल्यै र आजैदेखि अग्रसर हुनु नितान्त आबश्यक छ । अन्यथा कोभिड–१९ कालले निम्त्याएको थप समस्याको मारमा यो कुपोषण पनि एउटा ठूलो र जेलिएको भार बनेर उपस्ति हुने कुरा प्रायः निश्चत छ ।ब्


लोकप्रिय


    Warning: Invalid argument supplied for foreach() in /home/nepalpatranews34/public_html/files/single-content.php on line 86
uploads/media/img-4.gif

सम्बन्धित समाचार


Leave a Comment