Friday, 16 April, 2021    |    २०७८ बैशाख ३ गते , शुक्रवार

सेनाले सत्ता कब्जा गरेपछि एक बर्षे संकटकाल, सु की पक्राउ


२०७७ माघ १९ गते , सोमवार प्रकाशित

uploads/media/


आज बर्मामा सेनाले सत्ता कब्जा गरेको छ । त्यहाँको सेना समर्थित टेलिभिजनबाट एक भिडिओ सन्देश जारी गर्दै सेनाले एक वर्षका लागि संकटकालसमेत घोषणा समेत गरेको छ ।


बर्मामा गत नोभेम्बरको चुनावमा भएको धाँधलीको जवाफमा नेताहरूलाई पक्राउ गरिएको बर्मेली सेनाको दाबी रहेको छ । सेनाले सोमवार (आज) बिहान स्टेट काउन्सिलर आङ सान सुकी र राष्ट्रपति विन मिन्टलगायतका नेताहरुलाई नियन्त्रणमा लिइसकेको छ । यससँगै सेनाले अब शासन सत्ता प्रधान सेनापति मिन आङ हल्याइङको हातमा रहेको पनि प्रष्ट पारेको छ ।


आज बिहान उज्यालो नहुँदै नेतृ आङ सान सुकी, राष्ट्रपति विन मिन्टसहित प्रदेशका मुख्यमन्त्रीहरूलाई नियन्त्रणमा लिइएको हो । गत नोभेम्बरमा भएको चुनावमा सुकीको नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) ले सरकार बनाउन पुग्ने बहुमत ल्याएको थियो। तर सेनाले भने उक्त चुनावमा धाँधली भएको दाबी गरेको थियो।


सोमबार म्यानमारको नयाँ संसदको बैठक बस्दै गर्दा सेनाले बैठक नराख्न अनुरोध गरेसँगै लामो समयदेखि चलिरहेको सैनिक ‘कु’ को हल्ला व्यापक बनेको थियो । नेताहरूलाई नियन्त्रणमा लिएपछि राजधानी नेपिदअ र अर्को सहर रंगुनका सडकमा सैनिकले बाक्लो गस्ती शुरु गरेका छन् । नेपिदअको सञ्चार सम्पर्कसमेत बिच्छेद गरिएको छ ।


नोभेम्बरको चुनावमा एनएलडीले संसदको ४७६ मध्ये ३९६ सिटमा जित हात पारेपछि सैनिक समर्थित युनियन सोलिडारिटी एन्ड डेभलपमेन्ट पार्टी ३३ सिटमा खुम्चिएको थियो।


सन् २०१५ को चुनावपछि नै सेनाले नागरिक सरकारलाई पूर्णरुपमा सत्ता हस्तान्तरण गरेको थिएन। आफू समर्थित पार्टीले पाँच वर्ष पहिलाभन्दा निकै कम सिट पाएपछि सेनाले धाँधली भएको बताउँदै आएको थियो। स्मरणीय छ, म्यानमारमा सन् १९६२ देखि २०११ सम्म सैनिक शासन थियो। – एजेन्सी


लोकप्रिय


    Warning: Invalid argument supplied for foreach() in /home/nepalpatranews34/public_html/files/single-content.php on line 86
uploads/media/img-4.gif

सम्बन्धित समाचार


Leave a Comment