Tuesday, 02 March, 2021    |    २०७७ फाल्गुन १८ गते , मंगलवार

के तपाईलाई थाहा छ की रौजा ए रसूलुल्लाहको नजिक किन र कस्तो पर्खाल छ ?


२०७७ माघ १० गते , शनिवार प्रकाशित

uploads/media/

शाहिदा बांनो
बांके
     
आज हामी यसै विषयवस्तुमा केन्द्रित रही चर्चा गर्नेछौं कि आखिर रौजा ए रसुलुल्लाह नजिक पर्खाल किन छ । सबैलाई थाहा छ कि यी दुई शहर मक्का मुअज्जमा  र मदीना मुनव्वराले मुस्लिम समुदायका लागि धेरै नै महत्व राख्दछन्। संसार भरिका मुस्लिमहरु साउदी अरेबिया हज गर्न जांदा मक्का शहरमा रहेको काबा शरीफको तवाफ गर्छन् र मदीना शरीफमा रौजा ए रसूलुल्लाहको जियारत (दर्शन) गर्न जान्छन् ।
     
इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद मुस्तफा सल्लाहो अलैहे वसल्लमले जब देखि नूबुवतको ऐलान फर्माए र इस्लाम सच्चा मजहब हो भनी आह्वान गरे तब देखि नै मुश्रिकीनहरु उको शत्रु भए । अनी उलाई शहीद बनाउनका लागि विभिन्न जाल बिछाउन्थे उलाई नोकसान र चोट पुर्याउन उन को विरुद्ध षणयंत्रहरु रच्थे । मुश्रिकहरुको षणयंत्र रच्ने यो सिलसिला नबीए करीमको बिसाल (मृत्यु) पछि पनि जारी नै थियो ।
     
षणयंत्रकै क्रममा एक पटक मदीना शरीफमा दुई जना मुश्रिकीनहरु नबीपाक सल्लाहो अलैहे वसल्लम रौजाबाट उहांको शरीर मुबारक निकालेर बेहुर्मती गर्ने मनशायले त्यहां घरभाडामा लिएर बसे । उनीहरु दिन भरी अल्लाहको इबादत गर्ने ढोंग गर्थे र राति सुरुंग खन्थे । अनि कसैले थाहा नपाउने गरी राति नै सुरुंग बाट निस्कने माटो जन्नतुल बकी (कब्रिस्तान) मा लगेर हाल्थे ।
       
यो घटना सन् ५५६ हिजरीको हो जब अरबमा  सुल्तान नूरुद्दीन जंगीको शासन  थियो । उनी मुल्कशाम (इराक) मा बसेर शासन व्यवस्था चलाईरहेका थिए । जोठूलो आशिके नबीपाक पनि थिए । उनले हेरे कि नबीपाक उन को सपनामा आएर भने कि "तिम्रो शासनकालमा यस्तो ठूलो षणयंत्र हुदैंन मलाई क्षति पुर्याउन तिमी चुप लागेर बसेछौं । हेर यिनै दुई व्यक्ति हुन् ती षणयंत्रकारी " भनेर उनीहरुको अनुहार पनि देखाइदिए।  यही सपना बारम्बार दोहोरिएपछि उनी अवस्था बुझ्न शाम(इराक) बाट साउदी पुगे
त्यहां पुगेर ऐलान गराए कि म सबैका लागि उपहार लिएर आएकोछु जुन आफ्नै हातले बाड्न चाहन्छु । मश्जिदमा सबलाई भेट्न बोलाएपछि आएका व्यक्तिहरुलाई एक एक गरी बोलाए  उपहार दिनेबेला उनीहरुको अनुहार पनि हेर्दै गरे । जब उपहार लिने व्यक्ति कोही आएन त्यसपछि उनले भनें कि" सबैले मसंग उपहार लिइसके कि अझै कोही बाकी छ ।" सबले भने यहां हुने जतिले उपहार लिईसके तर दुई जना आएका छैनन् नीहरु बडा इबादतगुजार र स्वाभिमानी छन् त्यसकारण उनीहरु उपहार लिन आएनन्
     
उ ती दुईजना लाई पनि डाक्नुभयो बडो मुश्किलले तिनीहरु आए उनले हेर्ने बित्तिकै चिनिहाले  कि यही दुई व्यक्ति हुन जसलाई सपनामा देखेका थिए । तर पनि उनले रिसलाई थामेर उनीहरुको बस्ने कोठामा जान प्रस्ताव राखे । अब शासकले प्रस्ताव राखेपछि उनीहरु नकार्न सके न्। उनीहरु बस्ने कोठा पुग्दा सबै आश्चर्य चकित भए किन भने त्यहां खाल्डो खन्ने औजारका साथै कोठाभित्र ओछ्याइएको गुन्द्रीको तल सुरुंग देखे जो सीधा रौजा ए रसूल सम्म पुग्ने गरी खनिएको थियो । उनीहरुले आफ्नो अपराध स्वीकार गरीसकेपछि सबै कुरा प्रष्ट  भयो । उनी आफु तत्काल शामबाट मदीना शरीफ आउने मुख्य कारण बता  साथै दुबै मुश्रिकीनहरुलाई  हत्या गर्ने आदेश दि ।
       
भविष्यमा कोही यस्तो घृणित मनशायमा सफल नहोस् भनी  सुल्तान नूरुद्दीन जंगीले एउटा अविस्मरणीय र उल्लेखनीय कार्य गरे । उनले रौजा ए रसूलको सुरक्षाका लागि रौजाभन्दा अलि पर चारैतिर खाल्डो खनाएर त्यस भित्र सीसा पलागेर हाल्न लगाए । जमिनमुनि कैयौं फिट गहिरो र मोटो सीसाको पर्खाल बनाउन लगाए ।
      
संसारमा कही कतै रौजा ए रसूल अर्थात वास्तविक कर्बेमुबारकको कुनै तस्वीर नै छैन् । किनभने विगत ५५० वर्ष पुर्व देखि हाल सम्म कसैले वास्तविक र प्रत्यक्ष रुपमा रौजा ए रसूललाई हेरेको छैन् । यसको कारण यो छ कि रौजा ए रसूलको इर्दगिर्द (वरिपरि) विभिन्न  पर्खालहरु छन् । जो तत्कालीन शासकहरुले आ आफ्नो पालामा आवश्यकता महसुस गरी रौजा ए रसूलको सुरक्षाको दृष्टि कोणले बनाए । तिनै पर्खालहरुमा जमिनमाथि बाह्य रुपमा बनाइएको पहिलो पर्खाल चारकुने छ त्यसपछि बनाइएको अर्को पर्खाल पांचकुने छ । जो हजरत उमरबिन अब्दुल अजीजले आफ्नो पाला बनाउन लगाएकाथिए । यसलाई पांचकुने बनाउनु आशय काबा शरीफको मुशाहबत नगर्नु भन्नाले काबा शरीफको कपी नहोस् भनी थियो । यी पर्खालहरुमाथि बाक्लो गिलाफ अर्थात पर्दा हालिएछ । यी पर्खालहरु बिना ढोकाका छन् त्यसकारण रौजाको भित्र भागसम्म पुग्न सकिदैंन।
हज गर्नका लागि संसारभरबाट जाने मुश्लिमहरु पांचकुने पर्खाल उपरको पर्दालाई  हेर्न मात्र पाउंछन् त्यो पनि पर्खाल र पर्दा बाहिर रहेको सुनौलो जालीबाट ।       

लोकप्रिय