भारतले दिएको १० लाख डोज कोरोना बिरुद्धको खोप नेपालमा
काठमाडौं ।नेपाललाई भारतले दिएको १० लाख मात्राको कोरोना भाइरस बिरुद्धको खोप नेपाल आइपुगेको छ । भारतबाट हवाइ मार्गबाट ल्याइएको कोरोनाको खोप मध्यान्ह काठमाडौमा आएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई यी खोपहरु हस्तान्तरण गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले भारतले उपलब्ध गराएको कोरोना बिरुद्धको खोप पहिलो चरणमा अग्रपंक्तिमा कार्यरत चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मीलगायत सुरक्षाकर्मी र सफाइकर्मीहरुलाई दिइने जानकारी दिए ।
नेपालको ७२ प्रतिशत जनसंख्यालाइ खोप दिने तयारी सरकारले गरेको छ । सरकारले खोप आएको सातदिनमा खोप लागाउने व्यवस्था गरेको र खोपका लागि आवश्यक कानुनी ,आर्थिक र प्राविधिक तयारी पुरा भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।