Tuesday, 02 March, 2021    |    २०७७ फाल्गुन १८ गते , मंगलवार

कृष्णनगर मा अवैध भारतीय रुपया सहित एक जना पक्राउ


२०७७ माघ ८ गते , विहीवार प्रकाशित

uploads/media/
 शहबाज खान/कपिलवस्तु शसस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कृष्णनगरले भारतबाट अबैध रुपमा भित्राईएको पांच लाख चौतिस हजार पांच सय पचहत्तर(५३४५७५) भारतीय रुपया बरामद गरेको छ ।

कृष्णनगर नगरपालिका वडा नम्बर १ को लिंकगेट चेक प्वाइंटमा शसस्त्र प्रहरी नायब निरीक्षक ठाकुर बहादूर केसी को कमान्डमा खटिएको टोली ले बरामद गरेको छ।

भारततर्फबाट नेपाल आउदै गरेको पैदल यात्रि जिल्ला बाग्लुंङ निसीखोला गाउपालिका वडा नं.५ बर्ष २१ का भागिलाल विकको झोला चेकचाज गर्दा उक्त रकम बरामद भएको छ।भारतीय रुपयाको साथ साथै एक डालर अमेरीकी र दुई सय वैसा ओमानको पनि भेटिएको छ।

 चेकचाज गर्ने क्रममा  ड्युटीमा रहेको शसस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कृष्णानगरको टोलीले आज वृहस्पतिवार करिब ११ बजे दिनमा यो भारतीय रकम बरामद गरेको हो ।

सो बरामद गरिएको पैसा र मान्छेलाई आवश्यक कारवाहीका लागी राजश्व अनुसन्धान कार्यालय बुटवलमा पठाउने तैयारी गरिरहेको कुरा शसस्त्र प्रहरी बल नेपाल बार्डर आउट पोष्ट कृष्णानगरका शसस्त्र प्रहरी निरीक्षक प्रकाश आचार्यले बताएका छन् ।          Attachments

लोकप्रिय