Friday, 05 March, 2021    |    २०७७ फाल्गुन २१ गते , शुक्रवार

ललितपुर वचत संघद्धारा पल्र्स तालिम सम्पन्न


२०७७ माघ ७ गते , बुधवार प्रकाशित

uploads/media/


ललितपुर जिल्ला वचत तथा ऋण सहकारी संघ लि.को आयोजनामा पल्र्स  तालिम सम्पन्न भएको छ । तालिममा ललितपुरका विभिन्न विषयगत सहकारी संस्थाहरुबाट २८ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो । सहकारीको लेखा ब्यवस्थानका लगि आवश्यक पल्र्सका विभिन्न इन्डिकेटरहरुको अभ्यास  गरि त्यसको आधारमा संस्थाहरुले संस्थाको व्यवसायिक योजना तथा पोलिसि निर्माण गर्ने आदि विषयहरु समावेश गरि तालिम सञ्चालन गरिएको थियो ।

त्यस्तै तालिम समापनको अवसरमा बोल्दै संघका अध्यक्ष रामहरि बजगाईले सहकारी संस्थाहरुमा पल्र्सलाई अनिवार्य लागु गरि सहि तरिकाबाट लेखा राखी पल्र्सलाई संस्थागत विकासको अधारभुत कुराहरुको रुपमा लिई यसलाई सही रुपमा कार्यान्वयन गर्न सबै सहभागीहरुलाई सुझाव दिए । त्यस्तै शिक्षा तालिम उपसमिति संयोजक करुणारत्न बज्राचार्यले सहकारीहरुको व्यवस्थापनमा लेखापालन तथा पल्र्सको महत्वलाई सबैले अंगीकार गर्दै अन्र्तराष्ट्रिय लेखा मापदण्ड अनुरुप लेखा राख्न सबैलाई आग्रह गरे ।

तालिममा सहभागी अधिकांश प्रशिक्षार्थीहरुले यस तालिमबाट आफूले संस्थाले पल्स अनुसार हिसाब किताबहरु सही ढंगबाट राख्न सकिने र संस्थाको व्यावसायिक योजना तथा संस्थाको लागि आवश्यक विभिन्न पोलिसि निमार्ण गर्नको लागि सहयोगी हुने अपेक्षा गरेका थिए । वचत ऋण सहकारीका संस्थाहरुलाई लक्षित गरी यो तालिम आयोजना गरिएको थियो । यस तालिमलाई प्रशिक्षक अनिलवीर बज्राचार्यले सहजीकरण गर्नुभएको थियो । तालिम कार्यक्रम २०७७ माघ ४ र ५ गते सञ्चालन भएको थियो । 


 

लोकप्रिय

uploads/media/img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

uploads/media/9f5e7db1d677b1906a34b1e17e0be317.gif