Friday, 05 March, 2021    |    २०७७ फाल्गुन २१ गते , शुक्रवार

मल्टिस्टार साकोसको एघारौं साधारणसभा सम्पन्न, उत्पादनशील क्षेत्रमा लगानी बढाउने


२०७७ माघ ६ गते , मंगलवार प्रकाशित

uploads/media/
मल्टिस्टार बचत तथा ऋण सहकारी संस्थाको एघारौँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गरी संस्थाले सहकारी विभागको साधारणसभासम्बन्धी मार्गनिर्देश अनुरुप सीमित सदस्यको भौतिक उपस्थितिमा साधारणसभा सम्पन्न गरेको हो । संस्थाले सदस्यहरुका लागि उपस्थिति जनाउन एक साताको समयावधि दिएको थियो ।  

सभामा संस्थाका उपाध्यक्ष विष्णु श्रेष्ठले स्वागत मन्तब्य राखेका थिए । २०६६ सालमा स्थापना भएको संस्थाको उद्देश्य सुखी समृद्ध सदस्य रहेको बताउँदै एक दशकको अवधि सफलतापूर्वक पार गरेको उनले बताए ।  

संस्थाका अध्यक्ष अनशन साखले अध्यक्षको तर्फबाट वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विश्वभर फैलिएको कोरोना भाइसरका कारण संस्थाको कारोबारमा केहि कमी आएतापनि समग्रमा संस्थाको वित्तीय अवस्था सन्तोषजनक रहेको बताए । दीगो विकासका लागि आवश्यक योजना बनाई संस्था अघि बढेको र सदस्यहरुको हित कसरी गर्न सकिन्छ भन्नेमा नै आफूहरु केन्द्रित भएको उनले जनाए । 

संस्थाले आर्थिक वर्ष २०७६।७७ को असार मसान्तसम्म २ करोड १८ लाख शेयरपूँजी, जगेडा तथा अन्य कोषहरुमा १ करोड ११ लाख, बचत संकलन १६ करोड २४ लाख गरी कुल कारोबार २० करोड ५ लाख पुगेको अध्यक्ष साखले बताए । संस्थाले त्यस अवधिमा ४७ लाख ७७ हजार सञ्चालन नाफा आर्जन गरेको छ ।  

संस्थाले आफ्ना व्यवसायिक बातावरण निर्माण र जोखिम व्यवस्थापनलाई समानान्तर रुपले अगाडि बढाइरहेको उनले जानकारी दिए । संस्थाले प्राकृतिक प्रकोपको अवस्थामा सदस्यहरुलाई सहयोग पुर्‍याउने उद्देश्यले रत्नसुन्दर प्राकृतिक विपद कोष स्थापना गरेको छ ।  

संस्थाले लगानीलाई विविधिकरण गरी उत्पादनशील क्षेत्रमा बढिभन्दा बढि सदस्यहरुको माझ लगानी गर्ने लक्ष्य लिएको छ । लगानी गर्दा जोखिम कम भएको तथा लाभदायक र जनसहभागिता बढि हुने भएकाले उत्पादनशील क्षेत्रमा प्राथमिकता दिएको साखले जानकारी दिए । 

संस्थाले शेयरसदस्य वृद्धि गर्ने, सदस्यहरुलाई सहकारी शिक्षा तथा तालिम सञ्चालन गर्ने र सदस्य कल्याणकारी योजना लागु गर्ने योजना बनाएको छ । 

लोकप्रिय

uploads/media/img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

uploads/media/9f5e7db1d677b1906a34b1e17e0be317.gif