Tuesday, 02 March, 2021    |    २०७७ फाल्गुन १८ गते , मंगलवार

सनराइज बैंकका ग्राहकलाई साँग्रिला भिलेज रिजोर्टमा छुट


२०७७ माघ ६ गते , मंगलवार प्रकाशित

uploads/media/
सनराइज बैंकका ग्राहकहरुले पोखरास्थित सांग्रिला भिलेज रिजोर्टका विभिन्न सेवामा छुट पाउने भएका छन् । बैंकले आफ्ना ग्राहकहरुको सहजता तथा सुविधालाई मध्यनजर गर्दै विभिन्न सुविधा प्रयोग गरे बापत छुट पाउने बारेमा सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता पश्चात बैंकका ग्राहकहरुले पोखराको सांग्रिलामा खाना, बेभरेज, बेकरी, साउन र स्विमिङ पुल लगायतका सुविधाको प्रयोग गर्दा बैंकको क्रेडिट र डेबिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत सम्मको छुट प्राप्त गर्ने भएका हुन् । 

बैंकले “स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौ” अभियान अनुरुप आफ्ना ग्राहकहरुलाई नगद कारोबारबाट डिजिटल कारोबारमा जान उत्प्रेरित गर्दै आएको र ग्राहकहरुको अपेक्षाअनुरुप नबिनतम् सेवा सुविधाहरु थप गर्दै जाने बैंकले जनाएको छ । 
 

लोकप्रिय