बलिदानी दिवस शहीद परिबारलाई रु २५००० र दोसल्ला प्रदान गरेर मनाइयो
जनकपुरधाम । मधेश आन्दोलनमा शहादत प्राप्त गरेका ६० जना शहीद परिबारलाई रु. २५ हजार नगरका साथ दोसल्ला ओढाएर मनाइयो । प्रदेश नं.२ सरकारले मधेश आन्दोलनमा शहादत दिएका शहीदहरुको सम्झना तथा सम्मानमा आज यहाँ बलिदानी दिवस मनाएको हो ।
एक कार्यक्रमको आयोजना गरी मनाएको बलिदानी दिवसको यो कार्यक्रममा प्रमुख अतिथि जनता समाजवादी पार्टीका बरिष्ठ नेता राजेन्द्र महतो, नेता अनिल झा, मुख्यमन्त्री लालबाबु राउत सहितका प्रदेश सरकार मन्त्रीहरुउपस्थित भएर शहीद परिवारलाई सम्मान गरेका थिए ।