Tuesday, 02 March, 2021    |    २०७७ फाल्गुन १८ गते , मंगलवार

आज इलाममा पारिजातको शालिक अनाबरण


२०७७ माघ ५ गते , सोमवार प्रकाशित

uploads/media/

आज इलाममा प्रसिद्ध तथा बरिष्ठ नेपाली हिला साहित्यकार ‘बिष्णुदेबी वाईबा उर्फ ‘पारिजात’को अर्ध कदको शालिक अनाबरण गरियो । इलाम नगरिपालिकाको  साहित्य कला संगीत प्रतिष्ठान इलामद्वारा निर्मित त्यो शालिक अनाबरण गरेर अबिस्मरणीय साहित्यकारर पारिजातको सम्मान गर्नुकासाथै इलामले नेपाली साहित्य र स्रष्टाहरुको शीर उच्चो बनाएको छ । 

पारिजातको संक्षिप्त चिनारी



नेपाली साहित्य  आकाशकी एक सशक्त महिला हस्ताक्षर र  चम्किलो तारा हुन् पारिजात । उनको साहित्यिक बहु प्रतिभाले गर्दा उनले सहित्यका चारै बिधामा कलम चलाएकी थिइन् । आरम्भमा कबिता बिधाबाट सिर्जनाको कलम चलाएकी   उनले आख्यानमा ठूलो उच्चाई प्राप्त गरिन् । यसका अतिरिक्त नाटक र निबन्धसहित सबै बिधाको शिखरमा उभिएर जीवन र जगतको यथार्थलाई मापन गर्न समर्थ जन्मले बिष्णुकुमारी वाईबा नामकी यी बृहत प्रतिभा यथार्थतः साहित्यकी सुगन्धित र अनुपम पारिजात नै हुन् । उनको साहित्यिक जीवन यात्राको अध्ययनले नेपाली साहित्यको बिकासमा ठूलो महत्व राख्दछ । 

भारतको दार्जिलिंग जिल्लाको लिंगिया चिया कमानमा १९९४ सालमा जन्मेकी पारिजातको साहित्यिक  कर्मभूमि भने नेपाल नै बन्यो । आफ्नो जीवनको बय उमेर अर्थात सत्र बर्षको लाग नेपाल भारतबाट नेपाल छिरेकी उनी जीवन पर्यन्त यही बसिन् । उनको सिर्जना यात्रा पनि यही नै शुरु भयो । २०१३ सालमा पत्रिकामा उनको पहिलो कबिता छापिएको थियो  । त्यसपछि पुस्तकाकारका कृतिहरु पनि एक पछि अर्को  प्रकाशित हुदै गए । तीनवटा कबिता संग्रह, चारवटा कथा संग्रह,दशवटा उपन्यास, तीनवटा आत्मसंस्मरणका साथै नाटक र निबन्धहरुका एकएकवटा गरी जम्मा बाइसवटा पुस्तकका कृतिहरु र अन्य फुटकर लेखहरु उनले नेपाली साहित्यमा थपिरहिन् । यसरी साहित्य साथसाथै पछिल्ला दिनहरुमा सामाजिक, शैक्षिक र राजनीतिक क्षेत्रमा पनि उनको बिशेष रुची बढ्दै गएको देखिन्छ । आफ्नो ५६ बर्षे जीवनमा ३७ बर्ष निरन्तर साहित्य साधनामा रत हुदै बिक्रम सम्बत् २०५० बैशाख ५ गते उनी दिबंगत भएकी थिइन् ।



२०४६ सालको परिबर्तनपछि प्रज्ञा भवनमा नेपाल प्रगतिशील महिला संघले आयोजना गरेको पहिलो महिला कबिता गोष्ठीको प्रमुख अतिथि भएर महिलाहरुले मात्र आ–आफ्ना कबिता बाचन गरेको कार्यक्रमबाट उनी अत्यन्तै प्रसन्न भएकी थिइन् । त्यस कबिता गोष्टीमा लिला गुरुङ्गले बाचन गरेको कबित प्रथम र भिष्मा सुबेदीले बाचन गरेको कबिता दोश्रो भएको थियो । शारिरीक रुपले असक्त रहेर पनि लामो समयसम्म साहित्य सेवा गर्ने सिर्जनशील साहित्यकार पारिजात सदा स्मरणीय छन् ।
 

लोकप्रिय