Friday, 05 March, 2021    |    २०७७ फाल्गुन २१ गते , शुक्रवार

निर्बाचन पर्यबेक्षण समितिले किन गरेको यो अन्तरक्रिया ?


२०७७ माघ ४ गते , आईतवार प्रकाशित

uploads/media/



काठमाण्डौ । दुइ तिहाई बहुमत नजिकको मतादेश पाएको सत्ताधारी पार्टीका प्रधानमन्त्रीले असंबैधानिकरुपले संसद भंग गरेर देशमा संबिधानको धज्जी उडाएको र  संसदीय ब्यवस्थामाथि नै प्रश्न उठाइरहेको बेला प्रतिपक्षको भूमिका के कस्नो हुनु पर्ने भनेर निर्बाचन पर्यबेक्षण समितिले अन्तरक्रिया किन राखेको हो अर्को प्रश्न उठेको छ । अनाधिकृतरुपमा संसद भंगगरेपछि पछि  त्यो भंग संसदको स्थिति  निर्क्यौल गर्न संघर्ष भइरहेको र प्रतिपक्ष त्यसैमा लागि रहेको बेला निर्बाचन पर्यबेक्षण समितिले राखेको यो अन्तरक्रियाले  त्यो असंबैधानिक ससद बिघटनको मुद्दालाई ओझेलमा पार्न त खोजेको होइन भन्ने कुरा पनि उठेको छ । यही किसिमले संसद भंग गर्दै जाने नजीर बस्यो भने के राजनैतिक स्थिरता र स्थायित्वको कुरा ‘बीरबलको खिचडी’ बाहेक अरु केही हुँदैन भन्ने छर्लंग देखिएको छ ।

यस कार्यक्रमा राजनीतिक बिश्लेषक एबं अनुसन्धाता राजाराम बर्तौलाले संसदीय ब्यवस्थामा पतिपक्षको भूमिका बारे सैद्धान्तिक पक्षमा केन्द्रित रहेका कार्यपत्र प्रस्तुत गरे भने  कार्यक्रममा सहभागी आमन्त्रित अतिथि बक्ताहरुले मुलुकको बर्तमान अबसथले सिर्जना गरेको अबस्था र २०४७ मा भएको निर्बाचन पछि बनेका सरकारहरुबाट भए गरेका काम कारबाहीहरुको तुलनात्मक समीक्ष्ाँ गर्दै आ–आफ्ना धारणा, तथा टिप्पणीहरु प्रस्तुत गरेका थिए । बक्ताहरुले संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरु र मूलतः प्रतिपक्ष्ँले रचनात्मक भूमिका प्रदर्शन गर्न सक्षम नभएको र यसरी प्रतिपक्ष कमजोर हुनुमा सत्ता पक्षसँगै राज्यको श्रोत साधन दोहन गर्नमा मिलेर भागबण्डा गर्ने गलत प्रबृत्ति हो भन्ने कटु यथार्थ औंल्याएका थिए । त्यसमा पनि खाशगरी नेपाली काग्रेसले नेपाली जनताका साझा मुद्दाहरुमा प्रष्ट र ठोस अडान लिन नसकेको सत्तापक्ष्ँको सर्बसत्ताबादी सोच हाबी हुँदा पनि प्रतिपक्ष्ाँले नियन्त्रण र सन्तुलनको भूमिका निर्बाह गर्न नसकेको तथा सत्ता प्रक्षले संबिधानको धज्जी उडाउँदा सबै प्रतिपक्ष, नागरिक समाजन , सञ्चारकर्मी चेतनशील नागरिकहरुले मिलेर आवाज उठाउनु पर्ने कुराहरु पनि ब्यक्त गरेका थिए ।
सहभागी बक्ताहरुले आफ्नै दलभित्र पनि लोकतन्त्रको अभ्यास गरिनुपर्ने, आधारभूत र भूइतहका जनताका आवाजहरु सशक्तरुपमा उठाउनु पर्ने कुराहरु राखेका थिए ।



कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (नोकपा)नेपाल–दाहाल समूहका नेता लिला मणि पोखरेलले संसद बिघटन सम्वन्धि सर्बोच्चमा चलिरहेको मुद्दाका नेपाली काग्रेसको दोहोरो चरित्र देखाएको आलोचना पनि गरे । जसपाका नेता बृषेशचन्दा लालले राजनीतिक पद्धतिले स्थिरता पाउन नसकेको र यसलाई भत्काउन सत्ता नै लागको कुरा उठाए ।

  नेपाली काग्रेसका यूवा नेता गगन थापाले नेपाली काग्रेसले संबैधानिक सर्बोच्चतालाई अंगिकार गरेको र संबिधानमाथि हमला हुँदा त्यसको सशक्त प्रतिकार गरिने बताए । कार्यक्रमका प्रमुख अतिथि पूर्ब सभामुख दमनाथ ढुंगानाले प्रतिपक्षको भूमिका कमजोर रहेको, राष्ट्रपतिबाट संसद बिघटन गरेर भूल भएको र संबिधानले लिक छोडेको कुरा दर्शाएका थिए । उनले अहिले राजनीतिमा सेटिङ्गको पोलिटिक डाइनामिज्म रहेको पनि बोल्ने क्रममा उल्लेख  गरेका थिए । 
अल्फा बिटा बानेश्वरमा भएको कार्यक्रमको अध्यक्षता निर्वाचन पर्यबेक्ष समतिका अध्यक्ष प्रदीपपोखरेलले गरेका थिए ।

लोकप्रिय

uploads/media/img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

uploads/media/9f5e7db1d677b1906a34b1e17e0be317.gif