जिल्ला सहकारी संघ, कास्कीको अध्यक्षमा कोइराला निर्वाचित
जिल्ला सहकारी संघ, कास्कीको अध्यक्षमा सावित्रा कोइराला निर्वाचित भएकि छन। कोइराला १९८ सहित विजयी भएकि हुन । संघको नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा तीन जना प्रतिस्पर्धामा थिए । अध्यक्ष पदमा बलराम गौतमले ७८ मत र धर्म अर्यालले ३६ मत पाएका थिए ।कोइरालाले नवसिद्धार्थ महिला साकोसबाट प्रतिनिधित्व गरेकि हुन ।
त्यस्तै राष्ट्रिय प्रतिनिधिमा दिपक प्रकाश आचार्य निर्वाचित भएका छन । प्रदेश सांसद समेत रहेकि प्रभा कोइरालालाई पछि पार्दै आचार्य अत्यधिक मत सहित निर्वाचित भएका हुन। आचार्यले २१४ मत र कोइरालाले ८६ मत प्राप्त गरेका थिए ।हिजो भएको निर्वाचनमा कुल ३२२ मत खसेको थियो । संघको ४७ औं साधारणसभामा एक जना विषयगत संघहरुको तर्फबाट सञ्चालक पदमा निर्विरोध निर्वाचित भएको थिए ।
विषयगत जिल्ला संघहरुको तर्फबाट कफि सहकारी संघबाट आनन्द सुबेदी निर्वाचित भएका हुन ।त्यस्तै वरिष्ठ उपाध्यक्षमा छविलाल लामिछाने, महिला उपाध्यक्षमा अम्बिका गौतम, महासचिवमा दिपक बाँस्तोला र कोषाध्यक्षमा नवराज बराल निर्वाचित भएका छन ।