Tuesday, 02 March, 2021    |    २०७७ फाल्गुन १८ गते , मंगलवार

दिबंगत गुरुप्रसाद रजौरियाको स्मृतिमा कम्बल बितरण


२०७७ माघ ३ गते , शनिवार प्रकाशित

uploads/media/

शहबाज खान 


कपिलवस्तु । यस जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १ शिवानगरमा दिबंगत गुरु प्रसाद रजौरियाको सम्झनामा कम्बल, पछ्यौरा, र विस्कुट वितरण गरिएको छ।

रजौरियाको सम्झनामा उहाँकी श्रीमती  पुष्पा रजौरियाद्वारा गरीब तथा विपन्न वर्गका ज्येष्ठ तथा असहाय नागरिकको सहयोगार्थ न्यानो कम्बल तथा पछ्यौरा सयजना भन्दा बढी व्यक्ति लाई वितरण गरियो ।

उक्त वितरणमा  श्याम कुमार मिश्र,  प्रेम शंकर शुक्ल, प्रताप सिंह चौधरी,  टुंग नाथ चौधरी, राधे श्याम मिश्र, आनन्द रजौरिया लगायत पत्रकारहरु उपस्थित रहको   यो कार्यक्रम राप्रपाका नेता तथा कार्यकताको आयोजनामा गरिएको थियो ।

लोकप्रिय