Friday, 05 March, 2021    |    २०७७ फाल्गुन २१ गते , शुक्रवार

ज्यापु बहुउद्देश्यीय सहकारीको १३औं साधारणसभा सम्पन्न


२०७७ माघ २ गते , शुक्रवार प्रकाशित

uploads/media/
ज्यापु बहुउद्देश्यीय सहकारी संस्थाको १३औं साधारणसभा सम्पन्न भएको छ । संस्थाका सल्लाहकारद्वय सन्तु महर्जन र मंगलकृष्ण श्रेष्ठले संयुक्तरुपमा सभाको उद्घाटन गरेका थिए । संस्थाका अध्यक्ष रमेश महर्जनले आ.व. २०७६÷७७ को प्रतिवेदन प्रस्तुत गरेका थिए । 

सभामा उनले कोरोना भाइरस महामारीका कारण सदाभन्दा फरक ढंगले यस वर्ष साधारणसभा सम्पन्न गर्नुपरेको बताए । उपत्यकाका आदिवासी ज्यापु समुदायलाई शैक्षिक, आर्थिक, सीपमूलक जस्ता बहुआयामिक कार्यक्षेत्रमा प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गराउने उद्देश्यले तत्कालिन श्री ज्यापु महागुथी नेपाःले २०५० साल देखि नै संस्था दर्ताको प्रयास गर्दै आएको उनले सम्झना गरे । सोही क्रममा संस्थाले ज्यापु समुदायमा छरिएर रहेको ससानो पुँजीलाई एकत्रित गरी सदस्यहरुको आर्थिक सामाजिक रुपान्तरणका लागि श्री ज्यापु महागुथी नेपा र परम्परागत मखँ ज्यापु त्वाःगुथीसमेतको सक्रियतामा २०६४ सालमा संस्था स्थापना भएको बताए । सदस्यहरुको साथ, सहयोग विश्वासका कारण संस्थाले १३औं साधारणसभासम्म आइपुगेकोमा अध्यक्ष महर्जनले खुसी व्यक्त गरे । 

संस्थाले आर्थिक वर्ष २०७६।०७७ को अन्त्यसम्म ९३ लाख ८७ हजार शेयरपूँजी, ५ करोड ४७ लाख ९४ हजार बचत संकलन र ४ करोड ६९ लाख लगानी गरेको छ । संस्थाले त्यस अवधिमा १३ लाख ७९ हजार खुद मुनाफा गरेको र सो मुनाफाबाट सदस्यहरुलाई १० प्रतिशत लाभांश दिने भएको छ । 

सभामा कोषाध्यक्ष चौंथी नारायण महर्जनले आव २०७६।०७७ को आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक नरेन्द्र महर्जनले चालु आवका लागि बजेट तथा नीतिकार्यक्रम प्रस्तुत गरेका थिए । 

लोकप्रिय

uploads/media/img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

uploads/media/9f5e7db1d677b1906a34b1e17e0be317.gif