Wednesday, 20 January, 2021    |    २०७७ माघ ७ गते , बुधवार

कृषिको व्यवसायिकीकरणका लागि सहकारी उयपुक्त माध्यम : जिसी


२०७७ पौष २९ गते , बुधवार प्रकाशित

   राष्ट्रिय सहकारी बैंकका सञ्चालक राम बहादुर जिसीले कृषि क्षेत्रलाई व्यवसायिक रुपमा अगाडि बढाउनका लागि सहकारी उपयुक्त माध्यम भएको बताएका छन । बागलुङ नगरपालिका वडा नं. ८ सिगानास्थित श्री गणेश व्यवसायिक कृषि सहकारी संस्था लिमिटेडको १५ औं वार्षिक साधारणसभाको  उद्घाटन पछि उनले यस्तो बताएका हुन । सहकारीमार्फत कृषकहरुलाई कृषि समन्धी ज्ञान उपलब्ध गराई सदस्यहरुलाई उत्पादनमा केन्द्रीत गराउने र उनीहरुले उत्पादन गरेको वस्तुलाई संकलन र बजारीकरणको काम सहकारी गर्नु पर्नेमा उनको जोड थियो । व्यक्तिगत उत्पादन र सामुहिक व्यवस्थापनका लागि सहकारी उपयुक्त माध्यम भएको उनको भनाइ थियो । 

कृषि उत्पादन बढाउनका लागि आवश्यक स्रोतको व्यवस्थापन सहकारीले गरिदिएर कृषकलाई निर्धक्क उत्पादनमा लगाउने , संकलन र बजारीकरणको व्यवस्थापन स्थानीय सरकार र सहकारीले गर्नु पर्ने उनको भनाइ थियो । कार्यक्रममा कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले कृषिको व्यवसायिकीकरणका लागि कृषि सम्बन्धी प्राविधिक ज्ञानको आवश्यकतामा जोड दिए । ज्ञान भएन भने उत्पादन बढाउन गाह्रो हुन्छ, प्रमुख भट्टराईले भने–कृषकलाई प्राविधिक ज्ञान दिनका लागि कृषि ज्ञान केन्द्र सदैव तयार छ । बागलुङ नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष जीत बहादुर जिसी (राजन) ले वडा कार्यालयले व्यवसायिक रुपमा कृषि क्षेत्रमा लाग्ने कृषकहरुलाई सहयोग गर्दै आएको बताए । 

कार्यक्रममा संस्थाका सल्लाहकार अनन्त बहादुर खड्का, वडा सदस्य पदम कुमारी जिसी, सुन्तला जोन म्याग्दीका सञ्चालक रेशम थापा लगायतले शुभकामना राखेका थिए ।कार्यक्रम संस्थाका अध्यक्ष राम बहादुर खड्काको अध्यक्षता, सचिव रमेश थापाको सञ्चालन र लेखा समिति संयोजक शिव खड्काको स्वागतमा सम्पन्न भएको थियो । संस्थाले सुन्तला, तरकारी उत्पादनमा सदस्यहरुलाई केन्द्रीत गराउनुका साथै सदस्यहरुले उत्पादन गरेको सुन्तलाको भण्डारणका लागि २१ लाख ४० हजारको लागतमा कोल्ड स्टोर निर्माण गरी कृषकहरुलाई सहजता प्रदान गरेको छ । कृषकहरुलाई उत्पादनका लागि आवश्यक स्रोतको व्यवस्थापनमा सहयोग गर्दै आएको संस्थाका अध्यक्ष खड्काले बताए । साधारणसभाले सचिव रमेश थापाले प्रस्तुत गर्नु भएको प्रगति प्रतिवेदन र कोषाध्यक्ष तिल बहादुर थापाले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ 

 

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif