Wednesday, 20 January, 2021    |    २०७७ माघ ७ गते , बुधवार

पत्रकार महासंघको सदस्यता नदिइएकोमा सञ्चारर्कीहरुको बिरोध


२०७७ पौष २९ गते , बुधवार प्रकाशित


कपिलबस्तु । यस जिल्लामा बिभिन्न सञ्चार माध्यमहरुमा लामो समयदेखि कार्यरत ९ जना पत्रकारहरले पत्रकार महासंघले सदस्यता नदिएको भन्दै महासंघका केन्द्रिय उपाध्यक्ष बिपुल पोखरेल समक्ष हिजो एक ज्ञापन पत्र दिएर बिरोध जनाएका छन् ।
पत्रकार महासंघको यस्तो बिभेदपूर्ण कार्यशैलीप्रति गुनासो गर्दै उनीहरुले ज्ञापनपत्रमा यो समस्या पक्षपातरहीत किसिमले समाधान नगरे बिभिन्न चरणमा आन्दोनल गर्ने समेत प्रष्ट पारेका छन् ।



यसरी ज्ञापनपत्र बुझाउनेहरुमा थाहा अनलाईन डटकमका अजयप्रसाद मिश्रा, नेपालपत्र न्यूज डडकमका शहबाज खान, रेडियो तिलौराकोटका सुरेश कुमार पाण्डेय, रेडियो बिजयनगरका धनीराम कोरी, प्राइम टिभीका गुलाम अली, प्रिन्स मिश्रा खोज न्यूज टुडे, राहुल मोदनवाल इण्टरभ्यू खबर डटकम र बिनेद आmेझा खोज न्यूज टुडेका सञ्चारकर्मीहरु रहेका छन् ।  

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif