Friday, 05 March, 2021    |    २०७७ फाल्गुन २१ गते , शुक्रवार

हसना भास्तिपुरको कुल वासलात १ अर्ब २१ करोड माथि


२०७७ पौष २८ गते , मंगलवार प्रकाशित

uploads/media/
हसना भास्तिपुर बचत तथा ऋण सहकारी संस्थाको १२औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष नारायणकृष्ण महर्जनको सभापतित्व एवं जिल्ला सहकारी संघ काठमाण्डौका अध्यक्ष ज्ञान बहादुर तामाङको प्रमुख आतिथ्यतामा संस्थाले साधारणसभा सम्पन्न गरेको हो । संस्थाले पौष १९ गतेदेखि २४ गतेसम्म सदस्यहरुका लागि उपस्थिति पुस्तिका खुल्ला गरी प्रतिवेदन वितरण एवं सल्लाहसुझाव संकलन गरेको थियो । 

विद्युतिय माध्यमबाट संस्थाले सीमित सदस्यहरुको उपस्थितिमा सभा समापन गरेको हो । सभामा अध्यक्ष महर्जनले विषम परिस्थिति एवं सहकारी विभागको निर्देशनलाई पालना गर्दै सीमित व्यक्तिको उपस्थितिमा साधारण सभा सम्पन्न गर्नुपरेको बताए । संस्थाले बचत ऋणका अलावा समुदायलाई समेत टेवा पु¥याउने उद्देश्यले विभिन्न सामाजिक क्रियाकलापमा आर्थिक सहयोग एवं संस्थागत सहभागिता जनाउँदै आएको उनले बताए । 

संस्थाले नगर स्तरीय विपद् व्यवस्थापन कोषमा १ लाख ११ हजार १ सय ११ आर्थिक सहयोग गर्नुका साथै उक्त समितिले सञ्चालन गरेको निःशुल्क भोजन कार्यक्रममा समेत सहभागिता जनाएको उनले जानकारी दिए । त्यसका साथै संस्थाले लोपोन्मुख कला सँस्कृति, चाडपर्व र जात्रा जस्ता कार्यहरुमा समेत सहयोग गर्दै आएको उनको भनाई छ । 



संस्थाका कोषाध्यक्ष राजमान महर्जनले आ.व. २०७६/७७ को आर्थिक विवरण प्रस्तुत गर्दै शेयरपूँजी ५ करोड ९७ लाख, बचत ९५ करोड १४ लाख ९९ हजार र ऋण लगानी १ अर्ब ३ करोड ३९ लाख गरी  कुल वासलात १ अर्ब २१ करोड ९८ लाख पुगेको बताए । संस्थाले त्यस अवधिमा १ करोड ३१ लाख ५ हजार नाफा आर्जन गर्न सफल भएको छ । 

सभामा कास्कुनका अध्यक्ष दिपक पनेरु, जिल्ला बहुउद्देश्यीय संघ, काठमाण्डौका अध्यक्ष मनोज थापा, चन्द्रागिरि नगरपालिकाका सहकारी विभाग प्रमुख रजश खड्का लगायतले विशिष्ट अतिथिको रुपमा सभालाई सम्बोधन गरेका थिए । 

सभामा संस्थाका उपाध्यक्ष निरज नकर्मी स्वागत मन्तब्य राखेका थिए भने गोलाप्रथाबाट मनकामना, पोखरा र मुक्तिनाथको अवलोकन भ्रमणका लागि २१ जना सदस्य छनौट गरिएको थियो । 


सभामा सहकारी एकिकरणमा योगदान पु¥याएका हरिकृष्ण महर्जन, विश्वेश्वर श्रेष्ठ र जेसिआई  २०२१ थानकोट शाखाकी अध्यक्ष पुर्णिमा थापालाई सम्मान गरिएको थियो । 


लोकप्रिय

uploads/media/img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

uploads/media/9f5e7db1d677b1906a34b1e17e0be317.gif