अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई पदबाट हटाउनका निम्ति तल्लो सदनमा औपचारिक रूपमा प्रस्ताव प्रस्तुत गरिएको छ।
डेमोक्रेटिक पार्टीद्वारा हाउस अफ रेप्रिजेन्टेटिभ्समा पेश गरिएको प्रस्तावमा ट्रम्पमाथि गत साताको हिंसालाई प्रोत्साहित गरेको आरोप लगाइएको छ।
डमोक्रेर्टिटहरूले अमेरिकी संसद्मा राखेको त्यस प्रस्तावमा डोनल्ड ट्रम्पबाट राष्ट्रपतीय शक्ति खोस्न उपराष्ट्रपति माइक पेन्स र बाँकी मन्त्रिमण्डललाई आग्रह गरिएको छ।
पस्तुत प्रस्तावमाथि तल्लो सदनमा छिटोमा आज मङ्गलवार मतदान हुनसक्छ। डेमोक्रेटहरूले राष्ट्रपतिमाथि दोस्रो पटक महाभियोग लगाउने प्रक्रिया पनि औपचारिक रूपमा सुरु गरेका छन्। 
ट्रम्पमाथि नोभेम्बर महिनामा भएको चुनावमा जो बाइडनको जियलाई बिफल बनाउने असफल प्रयासमा गत बुधवार संसद्मा आक्रमण गर्ने आफ्ना समर्थकलाई प्रोत्साहित गरेको आरोप लगाइएको छ।
यस सम्वन्धमा तल्लो अमेरिकी सदनकी सभामुख न्यान्सी पेलोसीले ट्रम्पका कारण अमेरिकी प्रजातन्त्र र संविधानमाथि तत्काल खतरा रहेको बताएकी छन्।
उनको पार्टीले अघि सारेका दुवै योजनाको उद्देश्य यही जनवरी २० तारिखमा पदावधि सकिनुअघि नै ट्रम्पलाई राष्ट्रपति भवनबाट निकाल्नु हो।
त्यसको निम्ति उनीहरूले पहिलो प्रयास अमेरिकी संविधानको व्यवस्था अनुसार ट्रम्पलाई पदमुक्त गर्न उपराष्ट्रपति पेन्सलाई तयार गर्ने देखिन्छ।
त्यसप्रक्रिया अनुसार कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी उपराष्ट्रपतिमा आउँछ।
त्यसपछि महाभियोग पनि तर संसद्को त्यो प्रयासमा तल्लो सदनको समितिमा रिपब्लिकन सांसदको असहमतिका कारण अवरोध उत्पन्न भएको छ। त्यसैले छलफल र सम्भवतः मतदानको निम्ति आज मङ्गलवारको समय निर्धारण गरिएको छ। यदि पेन्स ट्रम्पलाई हटाउन तयार भएनन् भने कैयौँ विज्ञले महाभियोग लगाउने प्रक्रियाको निम्ति प्रस्तुत प्रस्तावमा बुधवार छलफल शुरु हुनसक्ने पनि ठानेका छन्। महाभियोग विधेयकका प्रस्तावकहरूले तल्लो सदनबाट पारित गर्न आफूहरूसँग आवश्यक सांसद सङ्ख्या रहेको बताएका छन्। तल्लो सदनबाट ट्रम्पमाथि महाभियोग लगाइएमा उनलाई दोषी ठह¥याउने या नठह¥याउने भन्ने विषयमा माथिल्लो सदन सिनेटमा सुनुवाइ हुनेछ। त्यहाँबाट पारित हुन दुई तिहाइ मत आवश्यक हुन्छ। तर त्यो प्रक्रिया तत्काल टुङ्गोमा पुग्नेमा डेमोक्र्याटहरू नै विश्वस्त देखिएका छैनन्। एजेन्सी