Wednesday, 20 January, 2021    |    २०७७ माघ ७ गते , बुधवार

कपिलबस्तुमा पनि पृथ्बी जयन्ति कार्यक्रम


२०७७ पौष २८ गते , मंगलवार प्रकाशित


शहबाज खान
कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाको कृष्णनगर बजारको मुटु भनेर चिनिने गोलघरमा एक कार्यक्रमका बिच नेपालको एकीकरण कर्ता पृथ्वीनारायण शाहको जन्मजयन्तीका अवसरमा राप्रपाले पृथ्वीजयन्ती तथा एकता दिवस हिजो कार्यक्रम आयोजना गरी मनायो । 



 कार्यक्रम राष्ट्रीय प्रजातंत्र पार्टीका केन्द्रीय सदस्य पुष्पा रजौरियाको अध्यक्षता तथा  जिल्ला अध्यक्ष नारायण बहादुर सिंहको सञ्चालनमा भएको थियो । 


त्यहाँ वक्ता हरुले राष्ट्रीय एकताको अवसरमा सार्वजनिक बिदा हुनु पर्ने कुरामा जोड दिए ।  साथै पृथ्वी नरायण शाहको नेपाल एकिकरणमा रहेको योगदान विर्सन नसकिने कुरा स्मरण गराउदै सम्पूर्ण नेपालीहरू राष्ट्र समृद्ध बनाउन लाग्नु पर्ने कुरामा पनि जोड दिए।


  कार्यक्रममा त्यस पार्टीका केन्द्रीय सदस्य श्याम कुमार मिश्र, कनिज फातिमा, इदरीस मुसलमान, देवेंद्र श्रीवास्तव, श्री कान्ति पासी, राजेन्द्र अधिकारी रहनु भयो साथै भारत बढ्नी का भाजपा का नेता सुनिल  अग्रहरी, रवि प्रकाश कसौधन लगायत राष्ट्रीय प्रजातंत्र पार्टी समर्थक नेता तथा कार्यकर्ता समाजसेवी, पत्रकार, सुरक्षाकर्मी लगायत उपस्थित थिए ।


 कार्यक्रममा उद्घोषकको भुमिका भने राष्ट्रीय प्रजातंत्र पार्टी जिल्ला उपाध्यक्ष प्रेम शंकर शुक्ल ले गर्नुभयो ।  

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif