Friday, 05 March, 2021    |    २०७७ फाल्गुन २१ गते , शुक्रवार

पिपलबोट बहुउद्देश्यीय सहकारीले बिक्री कक्ष सञ्चालन गर्ने


२०७७ पौष २७ गते , सोमवार प्रकाशित

uploads/media/
पिपलबोट बहुउद्देश्यीय सहकारी संस्थाले १३औं वार्षिक साधारणसभा आज सम्पन्न गरेको छ । संस्थाले गत शनिबारबाट सदस्य उपस्थिति र प्रतिवेदन वितरण कार्य खुल्ला गरेको थियो । 

सभामा संस्थाका अध्यक्ष दिनेश थापाले कोभिड–१९ का कारण विगतका वर्षहरुमा झैं यस वर्ष सबै सदस्यहरु एकैपटक सामुहिक रुपमा भौतिक उपस्थित भएर साधारणसभा गर्न नसकेको बताए । २०६५ सालमा १२ हजार पाँचसय शेयरपूँजीबाट स्थापना भएको संस्थाले हालसम्म आइपुग्दा ठूलो फड्को मार्न सकेका उनले जनाए । 

सदस्यहरुको आर्थिक तथा सामाजिक आवश्यकतालाई परिपूर्ति गरी उनीहरुको जीवनस्तर उकास्न संस्था हरदम लागिपरेको थापाले बताए । पूँजी, अनुभव र बजारको आवश्यकता अनुसार संस्थाले ससानो पूँजीहरुलाई जम्मा गर्दै सदस्यको खरखाँचो टार्नुका साथै उत्पादनमूलक कार्यमा पनि लगानी अगाडि बढाएको उनले जानकारी दिए । 

संस्थाले राष्ट्रिय सहकारी बैंकको सहयोगमा सञ्चालित लघुकर्जा योजना कार्यक्रममा गत आ.व. मा १०४.१६ प्रतिशतले वृद्धि गरी ६१ लाख २५ हजार पु¥याउन सकेको समेत उनले जानकारी दिए । 



समुदायको हितका लागि संस्थाले स्थानीय संघसंस्थाहरुसँग मिलेर काम गरेको र आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिँदै जाने उनले जनाए । सदस्यहरुलाई दिने सेवालाई चुस्तदुरुस्त र प्रभावकारी बनाउन संस्था लागिपरेको र सेवाको विविधिकरण गरी सदस्यलाई सेवा प्रदान गर्दैै आएको अध्यक्ष थापाको भनाई छ ।

चालु आवमा संस्थाले लगानीका नयाँ क्षेत्र पहिचान गरी सुरक्षित ऋण लगानी गर्ने,  ऋण लगानीलाई अल्पकालिन र दीर्घकालिन रुपमा बर्गीकरण गर्ने, निम्न र मध्यम वर्गका समुदायमा सहकारीको पहुँच पु¥याउने, रेमिट्यान्स सेवा थप गर्ने र सबैका लागि सहकारी शिक्षातालिम कार्यक्रम सञ्चालन गर्ने योजना रहेको थापाले जानकारी दिए । 

त्यसैगरी खाद्यान्न, दुग्ध, मासु र तरकारी विक्रीवितरण कक्ष सञ्चालन गर्ने, सदस्यहरुलाई उत्पादनशील क्षेत्रमा लाग्न प्रेरित गर्ने खालका तालिम दिने, सदस्यहरुको अनिवार्य दुर्घटना तथा जीवन बीमा गर्ने जस्ता कार्यक्रम संस्थाको रहेको छ । 

संस्थाले गत आ.व.मा ६६ लाख ५५ हजार शेयरपूँजी, ३ करोड ९ लाख बचत संकलन र ४ करोड ९५ लाख ऋण लगानी गरेको छ । संस्थाले त्यस अवधिमा ३ लाख ८५ हजार खुद मुनाफा आर्जन गर्न सफल भएको छ । 

संस्था बहुउद्देश्यीय भएकाले कृषि र पशुपालन सम्बन्धी परियोजना समेत सञ्चालन गर्दै आएको छ । 

लोकप्रिय

uploads/media/img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

uploads/media/9f5e7db1d677b1906a34b1e17e0be317.gif