Tuesday, 02 March, 2021    |    २०७७ फाल्गुन १८ गते , मंगलवार

शुभश्री साकोसको नयाँ सञ्चालक समिति चयन


२०७७ पौष २७ गते , सोमवार प्रकाशित

uploads/media/
 

मध्यपुर थिमिस्थित शुभश्री बचत तथा ऋण सहकारी संस्थाको आगामी ४ वर्षे कार्यकालका लागि पुनः ज्ञानकृष्ण श्रेष्ठ  अध्यक्षमानिर्विरोध निर्वाचित भएका छन् ।संस्थाको पुस १९ गतेदेखि २४ गतेसम्म भएको १३ औं वार्षिक साधारणसभाले श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय सञ्चालक समिति निर्वाचित गरेको हो ।सञ्चालक समितिको उपाध्यक्षमा श्यामकृष्ण कायष्ठ, सचिवमा काशीभक्त श्रेष्ठ र कोषाध्यक्षमा तुल्सीमान श्रेष्ठ चयन भएका छन् । यसै गरी सञ्चालक सदस्यहरुमा सुन्दर बज्राचार्य, रत्नसुन्दर कायस्थ, उत्तम श्रेष्ठ, बालकृष्ण श्रेष्ठ र सचिता कसिध्वोंजु श्रेष्ठ निर्वाचित भएका छन् ।

संस्थाको लेखासुपरीवेक्षण समितिमा संयोजक गोपाल न्हा श्रेष्ठ र सदस्यहरुमा सुनैना श्रेष्ठ, शुभेच्छा बज्राचार्य सभाबाट निर्विरोध निर्वाचित भएका छन् ।पुस १९ गते मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख मदनसुन्दर श्रेष्ठले शुभारम्भ गरेको साधारणसभाको पुस २५ गते शनिबार सकिएको  हो ।साधारणसभामा सस्थाका अध्यक्ष ज्ञानकृष्ण श्रेष्ठले सञ्चालक समितिको तर्फबाट आ.व।.२०७६७७ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको ४ करोड ४३ लाख शेयर पूँजी संकलन रहेको र सदस्यहरुबाट ३५ करोड २ लाख ३५ हजार बचत  संकलन गरी २० करोड ६६ लाख ४६ हजार  ऋण लगानी रहेको जनाएका थिए । सभामा अध्यक्ष श्रेष्ठले कोभिड–१९ को बिषम परिस्थितिमा पनि संस्थाले १ करोड १६ लाख ३ हजार छ सय उनानपचास रुपैया खुद बचत गर्न सफल भएको बताए  ।

 

लोकप्रिय