Wednesday, 20 January, 2021    |    २०७७ माघ ७ गते , बुधवार

डोनाल्ड ट्रम्पको बिद्रूपले बद्लिदो बिश्वश्लाई दिएको शिक्षा


२०७७ पौष २७ गते , सोमवार प्रकाशित

  राष्ट्रपति निर्बाचनमा हारेर निबर्तमान हुन लागेका राष्ट्रपति डोनाल्ड ट्रमका समर्थहरुले अमेरिकी संसद भवन क्यापिटलमा ६ जनवरीका दिन जुन भयानक र अप्रत्याशित बिद्रूप मच्चाए र पाँच जनाको ज्यान समेत गयो त्यसलाई देखेर संसार नै चकित हुन पुग्यो । बिश्वका हरेक राष्ट्रलाइ लोकतन्को शिक्षा दिने स्वघोषित ‘नैतिक जिम्मेवारी’ लिएको दाबी गर्ने बिश्वको सबैभन्दा पुरानो अमेरिकी लोकतन्त्रको बीचमा २२० बर्षको इतिहासमा आज देखिएको यो अप्रत्याशित जस्तो लाग्ने यो बिद्रूप अनुहार अमेरिकी नागरिकहरुलाई मात्र होइन,स्वयं निबर्तमान हुन लागेका राष्ट्रपति ट्रम्प स्वयंले मनपराएका उप राष्ट्रपति माइकल पेन्स, उनको मन्त्रि मण्डलका सदस्यहरु र रिपब्लिकन सांसदहरुलाई समेतलाई घाँटीमा हड्डी अट्के सरह हुनपुगेको देखियो ।

अमेरिकाको संबैधानिक ब्यवस्था अनुसार राष्ट्रपतिको निर्बाचन नतिजामाथि संसदका दुबै सदनको  अनुमोदनको छाप लगाउएर पुष्टि गर्नुपर्ने हुन्छ । त्यही औपचारिकता पूरा गर्न लागि गएको जनवरी ६ का दिन क्यापिटल हिलमा दुबै सदनको बैठक बस्न सांसदहरु जम्मा भएका थिए । निर्बाचनमा हारेर बौलाहा सरह बनेका राष्ट्रपति ट्रम्पले आफ्ना उप राष्ट्रपति, मन्त्रिहरु र सांसदहरुमाथि सकेसम्म ठूलो दबाब दिएर निर्बाचन परिणामलाई अस्वीकार गरेर उल्टाउन र फिर्ता गराउन आदेश दिएका थिए । तर भयो के भने पराजित भएर पद छोड्न अनिबार्य स्थितिमा पुगेका यी राष्ट्रपतिको गैर संबैधानिक आदेश मान्न कोही पनि तयार भएनन् र डेमोक्रेटिक पार्टीका बिजयी उम्मेद्वार जो बाइडेनको बिजयमाथि स्वीकृतिको छाप लगाइदिए । राष्ट्रपति ट्रम्पका उप राष्ट्रपतिले त प्रष्टैसँग भनिदिएक कि उनी अमेरिकाका उप राष्ट्रपति हुन्, ट्रम्पका उपराष्ट्रपति  होइनन् । यस कारण आफुले संबिधानको शपथ अनुसार त्यसको रक्षा गर्ने काम गर्नेछन्, त्यसको बिरुद्ध खडा हुने छैनन् । ट्रम्प प्रशासनकी शिक्षा मन्त्री निक्की हेलीले सत्ता हस्तान्तरणको १२ दिन पहिला मन्त्री पदबाट के भन्दै राजीनामा दिइन् भने – जो भयो त्यो अत्यन्तै शर्मलाग्दो घटना भयो । सारा देशका बिद्यार्थीहरुले त्यो अराजक भीडको ताण्डब देखे र त्यसको अत्यन्तै नराम्रो प्रभाव उनीहरुमा पर्न गयो होला । म यस्ता कृत्यबाट ब्यथित भएर आफ्नो पदबाट राजीनामा दिदैछु । 



अनि अहिले रिपब्लिकन पार्टीका नेताहरुको यो हृदय परिबर्तन अमेरिकी जनता र लोकतन्त्रका लागि शुभ लक्षण पनि मानिदैछ । यदि यी मानिसहरु निर्बाचन परिणाम आउनासाथ नै यसरी जागेको भए शायद ट्रम्पलाई ती सबै अबाञ्छित र अस्वीकार्य हर्कतहरु गर्नबाट टार्न सकिने र रिपब्लिकन पार्टीलाई बितेको दुइ महिनायता असन्तुलित जस्तो मस्तिष्कका देखिने राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जग हसाउने हर्कत गर्नबाट रोक्न सकिने थियो कि !

  तर अहिले सबै ‘पानी शीरभन्दा माथिबाट’ बगिसके पछ्किो यस्तो हडबडीमा सबैले डोनाल्ड ट्रम्पमाथि फोहोर फाल्न थाले । किनभने उनको पक्षमा खडा हुनु आफ्नो राजनीतिक यात्रा–जीवनमाथि नै खतरा मडारिन लागेको सबैलाई देखिन थाल्यो । तथापि अमेरिकी बिश्लेषकहरु उनीहरु ‘बिलम्ब गरी आए पनि ठीकसँग आए’ भनेर सन्तोष प्रकट गर्दैछन् ।

   अमेरिकाको यो क्यापिटल हिलमा भएको घटनालाई बिश्वभरीका राष्ट्राध्यक्ष र सरकार प्रमुख प्राय सबैले निकै कडा शब्दमा आलोचना गरेका छन् । मानिसहरु भन्दैछन् अब भबिष्यमा ट्रम्पको पक्षमा जो खडा हुन्छ त्यसले स्वयं आफ्नो चिहान खन्नेछ । यतिसम्मकि अमेरिकी चुनावमा ट्रम्पको पक्षमा वकालत गर्ने भारतका प्रधानमन्त्री मोदीले समेत यो घटनाको बिरोध गरेका छन् । यद्यपि अब अमेरिकामा डेमोक्रेटिक पार्टीको सरकार बन्ने भएपछि उसले मोदीको यो कुरालाई उपेक्षा गरेर अमेरिका–भारतको ब्यवसायिक हितमा ध्यान केन्द्रित गर्लान् भन्ने बिश्लेषण पनि भइरहेको छ ।
     जे होस् डोनाल्ड ट्रम्पको अधिनायकबादी दक्षिणपन्थी सोचले जे जे काम गर्दै आएको थियो त्यसको चरमोत्कर्ष थियो ६ जनवरीको घटना । यसले पूँजीवादी लोकतन्त्रले आफुमा रहेको अन्तरनिहीत कमजोरीका कारण बिकासमा जतिसुकै शक्तिशाली देखिए पनि आधारभूत जनताको हित, मानबीय मर्यादा र  स्वाभिमानलाई उच्चो राख्न नसक्ने र बेला बेलामा यस्ता संकटहरु दोहोरिने गर्दछन् भन्ने कुराको पनि पुनः पुष्टी गरेको छ । अनि लोकतन्त्रलाई पारदर्शी र स्वच्छ किसिमले जनताको हितमा प्रयुक्त नगर्ने र सनकको भरमा जन मतलाई भ्रमित तुल्याउने बिश्वका कुनै पात्र र प्रबृत्ति अन्ततः असफल हुन्छन् भन्ने कुरालाई पनि नै यसले पुनः राम्रोसँग औंल्याइदिएको  छ ।   

 

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif