देवदर्शन बचत तथा ऋण सहकारी संस्था लि. को १२औं साधारणसभाले राम नारायण घिमिरेको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको छ । काठमाण्डौ जिल्ला बचत तथा ऋण सहकारी संघ लि. का अध्यक्ष दिपक पनेरुको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभा समापन कार्यक्रममा नवनिर्वाचित सञ्चालक समितिको घोषणा गरिएको हो ।
सभाले संस्थाको उपाध्यक्षमा बेली मैया घले, सचिवमा राम तामाङ, कोषाध्यक्षमा राजु कार्कीलाई चयन गरेको हो । त्यसैगरी सञ्चालक समिति सदस्यमा तिर्थ लामा, लक्ष्मण बलामी, नानू पण्डित थापा रहेका छन् । सभाले लेखा सुपरीवेक्षण समिति संयोजकमा बिमल बिक्रम बानियाँ तथा सदस्यहरुमा बसन्त महर्जन र माधव रेग्मीलाई चयन गरेको हो ।
कोरोना भाइरस संक्रमणको परिस्थितिलाई मध्यनजर गर्दै संस्थाले २०७७पौष १९ गते बाट शुरु गरी पौष २६ गते सीमित सदस्यहरुको उपस्थितिथमा सभा सम्पन्न गरेको हो ।
सभाले सञ्चालक समिति तथा लेखा सुपरीवेक्षण समितिको निर्वाचनका लागि अधिवक्ता तथा संस्थाका कानुनी सल्लाहकार सिताराम राउत संयोजक तथा श्रीकृष्ण माविका प्रधान अध्यापक बलराम कार्की र सन्चारकर्मी रोशन दानी सदस्य रहेको निर्वाचन समिति बनाएको थियो ।
सभाले आर्थिक वर्ष २०७६।०७७ को वार्षिक तथा आर्थिक प्रतिवेदन माथि छलफल गरी पारित गरेको थियो ।