Wednesday, 20 January, 2021    |    २०७७ माघ ७ गते , बुधवार

बिभाजित नेकपाको दाहाल–नेपाल समूहको बिरोध कार्यक्रम सम्पन्न


२०७७ पौष २५ गते , शनिवार प्रकाशित


शहबाज खान 


कपिलवस्तु । यस जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ कृष्णनगरमा बिभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम आज यहाँ सम्पन्न भएको छ।

सो समूहको कृष्णनगर नगरकमिटीको आयोजना नेकपा कृष्णनगर नगर कमीटी अध्यक्ष जावेद आलम खां को अध्यक्षता ,त्यसका  केन्द्रिय सदस्य गिरिधारीलाल न्यौपानेको प्रमुख आतिथ्य थियो भने विशिष्ट अतिथिमा प्रदेश कमिटी सदस्य बालकराम बुढा,लुम्बिनी प्रदेश सचिवालय सदस्य रुद्रलाल बन्जाडे, लुम्बिनी प्रदेश सभा सदस्य बिष्णु पन्थी र अतिथिमा लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मशहूद खां नेपाली, त्यस समूहका महाराजगंज नगर कमीटी अध्यक्ष विजय जयसवाल लगायतको उपस्थिति थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि गिरधारी लाल न्यौपानेले प्रधानमंत्रीलाई आफ्नो गल्ती सच्याउनु पर्ने बताए । उनले सारा शक्ति सडकमा रहेको र यो जनताको आन्दोलन हो भन्ने कुरा बताउदै सरकारले आफ्नो गल्ती सुधारेन भने अझ ससक्त आन्दोलन हुने दाबी गरे ।


लुम्बिनी प्रदेश सभा सदस्य बिष्णु पन्थीले आलोपालो प्रधानमंत्री बन्ने कुरा सहमती भएको, ११ पटक मंत्री मण्डल विस्तार गर्दा समेत पार्टीमा समेत छलफल नै नगरी विस्तार गरिएको, राणा शासन भन्दा पनि  यो सासन निरंकुश रहेको बताउदै पार्टीको विधान लाई समेत ख्याल नगरेको आरोप लगाए ।


लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मशहूद खां नेपखलीले कार्यक्रममा आएका समपूर्णलाई स्वागत गर्दे आफ्नो मन्तव्य राख्ने क्रममा भने –  पार्टी लाई धोखा दिने काम धेरै पटक भयो । राजतन्त्र हटाएर आफूहरुले नै गणतंत्र स्थापना गरेको , देशको हालत जब जब खराब हुनेछ हामी निरन्तर खबरदारी गर्ने छौं, घर चलाउन नसक्नेले घरमा आगो लगाउनु ठीक नहुने, हाम्रो ताकत र शक्ति प्रदर्शनले प्रधानमंत्री ओली घबराइ सकेका छन्, मुलुकमा संकटकाल लगाउने कुरा हस्यासपद रहेको, केन्द्रीय सदस्यको गरिमा नै खत्म हुने गरि हवा तालमा केन्द्रीय बनाएको प्रधानमंत्रीको कदम अनुचित रहेको आरोप पनि लगाए।


कार्यक्रममा यो समूहका लुम्बिनी प्रदेश कमिटि सदस्य अब्दुल रौफ, नेकपा शिवराज नगर कमिटिका अध्यक्ष दिनेश पुन ,  विजयनगरका इन्चार्ज अर्जुन सापकोटा, शिवराज नगर कमिटी सचिवालय सदस्य चिन्ता परियार वार्ड कमिटी सबै टोल कमिटीका सम्पूर्ण पदाधिकारी तथा राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनि अल्कुफी, उपाध्यक्ष शैख जैस मक्की,इकरार खां तोफेल खान, कैफ खान , वसीम खांन लगायत सदस्यहरु तथा पार्टी संगठित सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रम संचालन भने चिन्ता परियारले गरेका थिए ।  

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif