Wednesday, 20 January, 2021    |    २०७७ माघ ७ गते , बुधवार

बासमती धान लगायत अन्य महत्वपूर्ण जैबिक बनस्पतिहरुको प्याटेण्ट अधिकार सम्बन्धमा चार किसान संगठनको संयुक्त बक्तब्य


२०७७ पौष २५ गते , शनिवार प्रकाशित

 नेपालको कृषि  र किसान बर्गका समस्यालाई लिएर आवाज उठाउँदै र लड्दैआएक चार किसान संगठनरुले आज र्एक संयुक्त बक्तब्य जारी गर्दै नेपालले स्पष्ट रुपमा नेपाली रैथाने बालीनाली खाशगरी बासमति धान सम्वन्धमा आफ्नो प्याटेण्ट अधिकार कायम गराउन सबै किसिमको प्रयत्न गर्नु पर्ने र नेपालको कृषि र कृषि सम्वनिध जैबिक बिबिधताको रक्षा गर्नुपर्ने माग सरकारसँग गरेका छन् । संयुक्त बक्तब्य यस प्रकार छ :

औपनिबेशिक बाह्य दबाब र दोहनका कारणले हाम्रा मूख्य रैथाने धानबाली बासमती लगायका बालीनालीहरु र हाम्रो प्रचुर जैबिक बनस्पति समेत खतरामा पर्ने र अरु नै देशले हाम्रा अमूल्य र महत्वपूर्ण श्रोत साधनहरुको प्याटेण्ट गर्ने स्थिति बिद्यमान रहेको र यसले हाम्रो बर्तमान र भाबी पुस्तालाई समेत गम्भीर असर पार्ने हुँदा हामी चार किसान संगठन – अखिल नेपाल किसान महासंघ(अप्फा), अखिल नेपाल किसान महासंघ(क्रान्तिकारी), अखिल नेपाल किसान यूनियन र अखिले नेपाल प्रगतिशील किसान संघ – सरकारसँग प्याटेण्ट सम्वन्धि स्थिति कस्तो अबस्थाबाट गुज्रिरहेको छ त्यो खुलस्तरुपमा सार्बजनिक गर्न नेपाली उत्पत्तिका सबै बालीनाली र  अमूल्य जैबिक बनस्पतिमाथि नेपालको स्वामित्व नगुम्ने स्थिति सिर्जना गर्न जोडदार माग गर्दछौंं । खाशगरी यतिबेला नेपाल उत्पत्तिको रैथाने बासमती धानको प्याटेण्ट अधिकारको रक्षा गर्न र त्यसमाथि नेपालको स्वामित्व कायम गर्न नेपाल सरकारले के गरिरेको छ प्रष्ट पारोस् र ठोस कदम चालोस् भन्ने हामी चार किसान संगठनको बिशेष जोड रहेको कुरा स्पष्ट पार्न चाहन्छौ ।

कृषि  बनस्पति नेपाली बिज्ञहरुबाट ज्ञात भए अनुसार नेपालका तीन हजार जति रैथाले धानबालीका जातहरु फिलिपिन्स स्थित अन्तर्राष्ट्रिय धानबाली अनुसन्धान केन्द्र(आईआरआरआई –इरी)मा पठाएको र बिश्वभरीकै यस्ता बालीनाली र अमूल्य जैबिक बिबिधताका बनस्पतिबहरुका जीनहरु सुरक्षित राख्ने नर्बेमा ठूलो जीन बंंैक रहेको बुझिएकोले ती महत्वपूर्ण बिश्व संस्थाहरुमा नेपाल सरकारले आफ्ना बालीनाली र जैबिक बनस्पतिहरुको सुरक्षा र बिकास गर्ने तर्फ थप ठोस र प्रभावकारी कदम चाल्न तदारुखता देखाओस् भन्ने पनि हामी चार किासन संगठन जोडदार माग गर्दछौं ।

यो प्याटेण्टको समस्या नेपालको पहिचान,स्वाधीनता, आत्मनिर्भरता र जन अधिकारकार त्यसा पनि बिशेषतः किसान बर्गको अधिकारसँग समेत अभिन्नरुपमा जोडिएको हुनाले नब औपनिवेशिक दोहनका बिरुद्ध नेपाली रैथाने बिबिध बानालीहरु र बनस्पति लगायतका श्रोत साधनरुको सुरक्षा र सम्वद्धर्न गर्न बिशेष ध्यान दिनुपर्ने कुरामा हामी अधिकतम जोड दिन चाहन्छौ ।


बक्तब्यमा अखिल नेपाल किसान महासंघ(अप्फा)का अध्यक्ष भैरबराज रेग्मी, अखिल नेपाल किसानमहासंघ(क्रान्तिकारीका) अध्यक्ष सीताराम तामाङ्ग, अखिल नेपाल किसान यूनयिनका अध्यक्ष लोकनारायण सुबेदी  र अखिल नेपाल प्रगतिशील किसान संघका इञ्चार्ज कृष्ण रानाले हस्ताक्षर गरेका छन् । 

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif