Wednesday, 20 January, 2021    |    २०७७ माघ ७ गते , बुधवार

अमेरिकी संसद हमलाको घटना र आगामी दिनको अपेक्षा


२०७७ पौष २४ गते , शुक्रवार प्रकाशित



      बितेको १२ घण्टामा अमेरिकको  राजधानी वाशिङ्गटन डीसीमा घटेका घटनाक्रमले बिश्वमा प्रचलित संसदीय लोकतन्त्रको शक्ति, त्यसको सीमा र  कमजोरीहरुलाई राम्रैसँग उदाङ्गो पारिदिएको छ । संसारकै सबैभन्दा पुरानो  लोकतन्त्र भएको दाबी गर्ने गरेको अमेरिकाले नब बर्ष २०२१ को जनवरी ६ दिन जस्तो किसिमको अप्रत्याशित, असाधारण र अस्वीकार्य राजनीतिक संकटको साक्षी बनेर अंकित भयो त्यसले देशलाई कुनै पनि अन्यौलपूर्ण र अध्यारो दिशामा लैजान सक्तथ्यो । चरम सत्ता आसक्त डोनाल्ड ट्रम्पले सत्ता नछोड्ने जुन जिद्दी लिइरहेका थिए त्यसबाट यो स्थिति उत्पन्न भएको कुरा जगजाहेर छ । त्यसले गर्दा २२० बर्षको अमेरिकी इतिहासमा एउटा कालो धब्बा त लाग्यो नै । तथापि स्थिति अहिले सम्हालिएको छ । 

     यसलाई राजनीतिक बुद्धिमत्ता र संयमको बिजय भएकोरुपमा पनि हेरिदैछ । राष्ट्रपतिमा ट्रम्पलाई हराएर बिजयी बनेका नब निर्बाचित राष्ट्रपति जो बाइडेनले अब अमेरिकाको संबिधानमै निर्धारित समयमा २० जनवारीका दिन पदभार सम्हाल्ने कुरा सुनिश्चित बनेको छ । ट्रम्पले शान्तिपूर्ण सत्ता हस्तान्तरणको हुने कुरा सार्वजनिक गरिसकेका छन् । अब बितेको दुइ महिनादेखि अमेरिकामा जारी राजनीतिक संकट र अनिश्चितताको अन्त्य हुने भएको छ

       तर यो  संकट टरे पनि कुन गम्भीर यक्ष प्रश्न बाँकी नै छ भने राजनीतिकरुपले नराम्रोसँग बिभाजित गरिएको अमेरिकी समाज पुराना कुराहरुलाई छाडेर नयाँ अध्यायको आरम्भ गर्न अग्रसर होला ? यो प्रश्न किनभने ट्रम्पले शान्तिपूर्ण सत्ता हस्तान्तरणको कुरा स्वीकारे पनि आफ्नो संघर्ष जारी रहने घोषणा पनि सँगसँगै गरेका छन् । यो संघर्ष बैध मत गणनामा मात्र सीमित नरहने कुरा निश्चित छ । डोनाल्ड ट्रम्प आफ्नो बितेको चार बर्षको कार्यकालभरी अमेरिकी राजनीति र सामाजिक जीवनमा बर्चश्व राख्दै आएका प्रतिष्ठानसँग जुध्दै आएका हुन् । दक्षिणपन्थी त्यो रुझासँगै उनले ७ करोड मत पनि चुनावमा प्राप्त गरेकै छन् । यो शक्तिका आधारमा उनले आउदा दिनमा कस्तो संघर्ष गर्ने हुन् त्यो बिश्वकै लागि पनि प्रतिक्षाकै बिषय छ ।
       यस स्थितिमा नब निर्बाचित डेमोक्रेटिक राष्ट्रपति बाइडेनका अगाडि पनि ठूलो चूनौति रहेको छ । उनले बिभिन्न स्तर र आधारमा बिभाजित गरिएको र बिषाक्त बनाइएको अमेरिकी समाजलाई कसरी एकजुट पार्ने र सम्हाल्ने हुन् त्यो कम महवपूर्ण छैन । बद्लिदो बिश्व परिप्रेक्षामा अमेरिकी नयाँ प्रशासन कसरी अगाडि बढ्छ त्यसले धेरै अर्थ राख्दछ । 

       जे होस्, अमेरिकी इतिहासमा एउटा कालो दिनको अन्त्य त भएको छ तर अमेरिकी समाजमा जुन अन्तरबिरोधहरु बर्षौ बर्षदेखि समाधानहीन रहेका र बढ्दै गएका छन् तिनको समाधान सही किसिमले भएन भने जनवरी ६ का दिन देखिएजस्तै किसिमका हिंसात्मक नाटकीय घटनाहरु आगामी दिनमा पनि नदोहोरिएलान् भन्न सकिन्न ।     

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif