एक संयुक्त बक्तब्य दिदै आज चार किसान संगठनले नेपाली कृषि र किसानको प्राथमिक क्षेत्रमा प्रत्यक्ष बिदेशी लगानी भित्र्याउने सरकारी नीतिको बिरोध गर्दै त्यस्तो नीति अन्त्य गर्न जोडदार माग गरेका छन् । अखिल नेपाल किसान यूनियनका अध्यक्ष लोकनारायण सुबेदी अखिल नेपाल किसान महासंघ(अप्फा)का अध्यक्ष भैरबराज रेग्मी, अखिल नेपाल किासन महासंघ(क्रान्तिकारी) का अध्यक्ष सीताराम तामाङ्ग र अखिल नेपाल प्रगतिशील किसान संघका इञ्चार्ज कृष्ण राणाले हस्ताक्षर गरेको संयुक्त बक्तब्यउमा उनीहरुले यस नेपाली कृषि र किासलाई धराशायी तुल्याउने कदमका बिरुद्ध बिरोध गरिरहेका नेपाली कृषि ब्यवसायीहरुको बिरोधप्रति ऐक्यबद्धता जनाउदै संघर्षरत रहन आग्रह पनि गरेका छन् । बिरोध बक्तब्यको पूर्ण पाठ यस प्रकार छ :