Friday, 05 March, 2021    |    २०७७ फाल्गुन २१ गते , शुक्रवार

जामिया सिराजुलवलुम अलसल्फियामा कोभिड १९को सावधानीकासाथ परीक्षा संचालन


२०७७ पौष २२ गते , बुधवार प्रकाशित

uploads/media/

  शहबाज खान       कपिलवस्तु ।  यस जिल्लाको कृष्णनगरमा रहेको जामिया सिराजुलवलुम अलसल्फिया झण्डानगरमा पुस २२ गते मंगलवारदेखि विद्यार्थीहरुको अर्धवार्षिक परीक्षा शुरु भएको छ । यो परीक्षामा लगभग ८०० विद्यार्थीहरुको सहभागिता रहेको छ परीक्षा दुई चरणमा भइरहेको छ । बिहाना ८ः३०बजे देखि १०ः३०बजे सम्मा पहिलो चरण र दिउसो १ः३०बजे देखि ३ः३०बजे सम्मा दोस्रो चरण को परिक्षा हुदै छ र परीक्षा संचालन गर्दा कोभिड १९ (कोरोना भाइरस) बाट विद्यार्थी,शिक्षकहरुलाई बचाउनको निम्ति पूर्ण सावधानी अपनाउदै समाजिक दूरी कायम गर्दै अनिवार्य रुपमा माक्स, सेनिटाइजरको  प्रयोग गरेर मात्रै परीक्षा हल मा आउन दिएका कुरा जामिया सिराजुलवलुम अलसल्फिया झण्डानगरका प्रवक्ता मौलाना मसहूद खां नेपाली ले बताएका छन्।        

जामिया सिराजुलवलुम अलसल्फिया का अध्यक्ष समिम अहमद नदवी को भनाईनुसार कोभिड–१९ महामारीबाट बिद्यार्थी, अभिभावक, कलेजका प्राध्यापक तथा कर्मचारी सबैलाई बचाउनाको लागि समग्र समुदायका जनताको स्वास्थ्यप्रति ख्याल गर्दै कलेज बन्द गरिएको थियो । नेपाल सरकारले जारी गरेको निर्देशिकको पालन गरेर मंदिर ६ गते देखि  पुनः कक्षा संचालन गरेका थिए र कालेज बन्द भयेको समयमा हामी बैकल्पिक शिक्षा  आनलाईन शिक्षा प्रणाली द्वारा विद्यार्थी हरु पढाउदै थिए आनलाईन माध्यम बाट विद्यार्थी हरु लाई पढ़ाउने काम  हाम्रा कालेजका शिक्षक हरु निरन्तर गरेका को कारण ले मात्रै आज हामी परीक्षा शुरु गर्नमा सफल भएको शिक्षकहरुले गरेको मेहनत र काम प्रशंसनीय योग्य रहेको बताएका थिए।        





मंगलवार बिहान ९ः३० बजेको समयमा कृष्णानगर नगरपालिका का शिक्षा शाखा प्रमुख बलराम पन्थी,  कालेजका अध्यक्ष समिम अहमद नदवी, प्रवक्ता मौलाना मसहूद खां नेपाली, नेपालपत्र न्यूज डट कम का संवाददाता शहबाज खान, लगायतका टोली ले परिक्षा हलमा पुगि स्थलगत परीक्षा व्यबस्थापन बारे बुझेका थिए । 

लोकप्रिय

uploads/media/img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

uploads/media/9f5e7db1d677b1906a34b1e17e0be317.gif