देशभर आइतबारयता चीसो र जाडो निकै नै बढेको छ । पश्चिमा वायुको प्रभावले गर्दा मध्यम र हल्का बर्षासँगै हिमपत पनि भएकोले यो चीसो ढेको मौसमबिदहरु बताउँछन् । यसले गर्दा हिमाली क्षेत्रका कतिपय जिल्लाहरुमा जनजीवन निकै कष्टकर बनेको छ भने हवाई उडानहरु समेत बन्द बन्न पुगेका छन् । यतिबेला जोमसोम र मुस्ताङ्गमा सबैभन्दा न्यूनतम तापक्रम ०.५ डिग्री सेल्सियमा झरेको बताइको छ।
आज मंगलबार पनि देशभर बदली हुने र उच्च पहाडी तथा हिमाली क्षेत्रमा बर्षाकासाथै हिमपात पनि हुने सम्भावना रहेको बताइएको छ । जस अनुसार सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदशेका केही भाग र बागमती तथा प्रदेश एकका केही भागहरुमा हल्का बर्षा हुने तथा बुधबार पनि यो क्रम जारी रहने सम्भावना रहेको मौसम पूर्बानुमान महाशाखाले जनाएको छ । हिमपात र बर्षा हुने भएकोले पर्बतारोही र त्यस क्षेत्रका यात्रीहहरुले सावधानी रहनु पर्ने पनि जनाइएको छ ।