Wednesday, 20 January, 2021    |    २०७७ माघ ७ गते , बुधवार

शुभश्री साकोसको १३औं साधारण सभा शुरु


२०७७ पौष २० गते , सोमवार प्रकाशित

शुभश्री बचत तथा ऋण सहकारी संस्थाको १३औं साधारण सभा हिजोबाट शुरु भएको छ । संस्थाले कोरोना महामारीबाट जोगिन र सहकारी विभागको साधारणसभा सम्बन्धी मार्ग निर्देशन अनुरुप क्रम संख्या तोकेर साधारण सभा शुरु गरेको हो । सभाको उद्घाटन मध्यपुर थिमी नगरपालिकाका मेयर मदनकृष्ण श्रेष्ठले गरेका थिए । 

सदस्यहरुले आफ्नो क्रमानुसार संस्थाको कार्यालयमा उपस्थित भई पुस्तिकामा हस्ताक्षर गर्न, प्रतिवेदन बुझ्न र सल्लाहसुझाव भए दिन सक्ने व्यवस्था मिलाइएको छ । 

संस्थाले पौष १९ देखि पौष २४ गतेसम्म सदस्यहरुलाई उपस्थितिका लागि खुला गरेको छ भने २५ गते विद्युतीय माध्यमबाट साधारण सभा समापन गर्ने जनाएको छ । 

साधारणसभाको उद्घाटनक्रममा संस्थाका अध्यक्ष ज्ञानकृष्ण श्रेष्ठले कोभिड १९ का कारण सदा झैं सबै सदस्यहरु एकै पटक उपस्थित भएर साधारण सभा सम्पन्न गर्न नसकिएको बताए । महामारीबाट बचौं र बचाउँ भन्ने अनुरोध गर्दै उनले आगामी वर्षहरुमा परिस्थिति सहज भएपछि सबै सदस्य एकैठाउँमा उपस्थित भएर हर्षोल्लासका साथ सभा गर्ने जनाए । 

२०६४ साल कार्तिक महिनामा स्थापना भएको संस्था हालसम्म आइपुग्दा त्यस क्षेत्रको उत्कृष्ट सेवा प्रदायक संस्थाको रुपमा स्थापित हुन सकेको समेत उनले जनाए । महामारीका बीचमा पनि संस्थाले सदस्यहरुलाई घरदैलो सेवा दिएको उनले बताए । 

संस्थाका कोषाध्यक्ष रत्नमान श्रेष्ठले २७ जना शेयरसदस्य र १ लाख ७२ हजार पूँजीबाट शुरु भएको संस्थामा २५९२ सदस्य ४ करोड ४३ लाख शेयरपूँजी, ३५ करोड २ लाख ३५ हजार बचत संकलन र २० करोड ६६ लाख ऋण लगानी पु¥याउन सफल भएको जानकारी गराए । संस्थाले गत आमा १ करोड १६ लाख ३४ हजार खुद मुनाफा गर्न सफल भएको उनले बताए । संस्थाको जगेडा तथा अन्य कोषहरुमा गरी २ करोड ५१ लाख २४ हजार जम्मा रहेको छ । 

स्थापनाकालदेखि नै सदस्यहरुको सेवा र सुविधाका लागि काम गर्दै आएको संस्थाले हालसालैबाट नयाँ कार्यालयबाट सेवा दिन शुरु गरेको छ । 

 

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif