पानस साकोसको सहयोग सेवा घरलाई
पानस बचत तथा ऋण सहकारी संस्थाले १४औं वार्षिकोत्सवको अवसरमा मानव कल्याण समाज (सेवा घर) लाई लत्ताकपडा तथा खाद्यान्न सामग्री प्रदान गरेको छ । संस्थाले सामाजि उत्तरदायित्व अन्तर्गत सेवा घर सञ्चालनमा केहि सहज होस् भन्ने उद्देश्यकासाथ सहयोग गरिएको संस्थाका अध्यक्ष सुसन राजबंशीले जानकारी दिए । संस्थाले सो अवसरमा दाल, चामल, नुन, तेल चिनी, चियापत्ती, सिरक गरी करिब ४० हजार रुपैया बराबरका सामग्री सेवा घरलाई प्रदान गरेको व्यवस्थापक रोशन मानन्धरले जानकारी दिए ।
सो कार्यक्रमममा अध्यक्ष राजवंशी, उपाध्यक्ष विजेन्द्र पोटे, सञ्चालकहरु ईश्वर महाजु, श्याम सेवाचार्य, जयन्द्र बादे, लेखासमिति संयोजक हरिगोपाल बैद्य र निरजभक्त नकर्मीको उपस्थिति रहेको थियो । त्यसैगरी अन्य उपसमितिबाट राम पोटे, रामेश्वर महाजु र महिला उपसमितिबाट राजेश्वरी कायस्थ, रेणु श्रेष्ठ, सरिता श्रेष्ठ र गिता पोटेको सहभागिता रहेको थियो ।
सोही अवसरमा संस्थाका पदाधिकारीहरु श्याम सेवाचार्यबाट २०५०, राम पोटेबाट १२५०, रेणु श्रेष्ठबाट ११००, निरन्जन नकर्मीबाट १५०५ र रोशन मानन्धरबाट ६०० गरी ६८०५ रुपैया सेवा घरलाई नगद सहयोग गरेका थिए । सेवा घरले भक्तपुर र काभ्रेमा सडक पेटी र सार्वजनिक स्थलमा कष्टकर जीवन बिताउन बाध्य अशक्त, अनाथ, मनोरोगी, अपाङ्ग एवं वेवारिसे अवस्थामा रहेका व्यक्तिहरुलाई पालनपोषणको व्यवस्था गर्दै आएको छ ।