Friday, 05 March, 2021    |    २०७७ फाल्गुन २१ गते , शुक्रवार

कश्मीरा साकोसको अध्यक्षमा पाण्डे चयन


२०७७ पौष १४ गते , मंगलवार प्रकाशित

uploads/media/
कश्मीरा बचत तथा ऋण सहकारी संस्थाको १३औं वार्षिक साधारणसभाले रमेश प्रसाद पाण्डेको अध्यक्षतामा ७ सदस्यीय सञ्चालक समिति र ३ सदस्यीय लेखा सुपरीवेक्षण समिति चयन गरेको छ । 

संस्थाको उपाध्यक्षमा बालकुमार खत्री, सचिवमा जयराम खत्री, कोषाध्यक्षमा प्रकाश फुयाँल र सदस्यहरुमा सरोज भण्डारी, शर्मिला जोशी र सुदर्शन अर्याल चयन भएका छन् । त्यसैगरी लेखा समिति संयोजकमा डिल्लीराम धिताल र सदस्यहरुमा रविन शर्मा र शिशिर पोखरेल चयन भएका छन् । 

संस्थाका अध्यक्ष रमेश प्रसाद पाण्डेले २०६४ सालतिर सानो कोठाबाट शुरु भएको संस्थाले हालसम्म आइपुग्दा विस्तारित रुप लिइएको जनाए । संस्थाको मेरुदण्ड भनेकै शेयरपूँजी, मासिक एवं दैनिक बचत भएको उनले सदस्यहरुलाई नियमित रुपमा बचत गर्न र शेयर वृद्धि गर्न आव्हान गरे । सुरक्षित लगानी गरी समयानुकूल प्रतिफल दिनु संस्थाको दायित्व भएपनि वर्तमान समयमा त्यो निक्कै चुनौतिपूर्ण रहेको उनले जनाए । 

ऋण लगानी गर्दा संस्थाको क्षमता र सदस्यको व्यापार व्यवसायको प्रकृति र निजको सामथ्र्यलाई ख्याल गनुपर्ने भएकाले सदस्यले मागेजतिको ऋण लगानी गर्न नसकेको उनले जनाए । संस्थामा आ.व. २०७६÷७७ को अन्त्यसम्ममा ३०७ जना सदस्य, १ करोड ६५ लाख शेयरपूँजी, १७ करोड ३१ लाख ८५ हजार बचत संकलन र २२ करोड १५ लाख ६ हजार ऋण लगानी गरेको छ । संस्थाले त्यस अवधिमा १७.३५ प्रतिशतले पूँजी र १०५.५ प्रतिशतले बचत संकलन वृद्धि गरेको छ । संस्थाको कूल सम्पत्ति २७ करोड १ लाख ५५ हजार पुगेको छ । 

संस्थाले यस आर्थिक वर्षमा कार्यक्षेत्रभित्र सदस्यता वृद्धि गर्ने धितो कर्जालाई प्राथमिकता दिइ ऋण लगानीमा विविधिकरण गर्ने, कर्मचारी तथा सदस्य दुर्घटना बीमा सञ्चालन गर्ने, गरिब तथा असहाय सदस्यका जेहेन्दार बालबालिकाको शिक्षा आर्जनमा सहयोग गर्ने र संस्थाका उपसमितिहरुलाई सक्रिय बनाउँदै लैजाने नीति तथा कार्यक्रम तय गरेको छ । संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान सरसफाई र विभिन्न सामाजिक संघसंस्थालाई आर्थिक सहयोग प्रदान गर्दै आएको छ ।  


 

लोकप्रिय

uploads/media/img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

uploads/media/9f5e7db1d677b1906a34b1e17e0be317.gif