Wednesday, 20 January, 2021    |    २०७७ माघ ७ गते , बुधवार

चमेली कल्याणकारी साकोसद्वारा १५ प्रतिशत लाभांश वितरण


२०७७ पौष १४ गते , मंगलवार प्रकाशित

चमेली कल्याणकारी साकोसले शेयरसदस्यहरुलाई १५ प्रतिशत लाभांश दिने भएको छ । संस्थाको हालै सम्पन्न १८औं वार्षिक साधारण सभा उक्त प्रस्ताव पारित गरेको हो । 

कोरोना भाइरस फैलन सक्ने अवस्थालाई मध्यनजर गरी संस्थाले विभिन्न स्थानमा उपस्थिति केन्द्र तोकी भौतिक रुपमा सामाजिक दुरी कायम गरी सभा सम्पन्न गरेको हो। साधारण सभामा ७५.४१ प्रतिशत सदस्यको उपस्थिति रहेको संस्थाले जनाएको छ। 

सभाको प्रमुख अतिथि संस्थाको स्थापना कालका अध्यक्ष बद्री प्रसाद चौलागाईंले रहेका थिए भने संस्थाका अध्यक्ष चन्द्रराज खड्काको सभापतित्वमा सभा  सम्पन्न भएको थियो।

सूर्यविनायक नगरपालिका वडा नं–१, विरुवामा रहेको संस्थाले १८औं वार्षिक साधारण सभा दधिकोट गाम्चास्थित अरनिको माध्यमिक विद्यालयमा सम्पन्न गरेहको हो । 

साविक दधिकोट गाविसमा रहेका सहकारीहरु मध्ये सबैभन्दा पुरानो र विश्वासिलो सहकारीका रुपमा आफुलाई उभ्याऊन सफल चमेली कल्याणकारी साकोसमा  हाल ३५ सयभन्दा पनि बढि सदस्य आवद्ध रहेका छन्। 

अरुबेला एकैदिनमा संस्थाको वार्षिक साधारण सभा सम्पन्न गर्ने गरेको भएपनि विषम परिस्थितिलाई मध्यनजर गरी एक साताको अवधि लगाएर संस्थाले साधारण सभा सम्पन्न गरेको हो । गुण्डु, तर्खगाल–दुधमेल, गाम्चा, सिरुटार र विरुवामा गरि विभिन्न चरणमा संस्थाले वर्षिक साधारण सभा गरेको थियो ।  

कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै एकै स्थानमा एकैदिन साधारण सभा गर्दा भीडभाडमा कोरोना संक्रमणको जोखिम हुन सक्ने कारण फरक फरक मिति र फरक फरक स्थानमा साधारण सभा गर्नुपरेको संस्थाका व्यवस्थापक सुदर्शन चौलागाईंले जानकारी दिए। 

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif