म पीडित उखु किसान !
पाइन भुक्तानी म पीडित उखु किसान
म पीडित उखु किसान !खै न्याय दिलाए
भोट माग्ने बेलामा दैलो हात जोड्दै नेता !!!
खै समस्या हल गरे म पीडित उखु किसान ! !!!
समयमै रकम नपाउँदा ऋणमै परिवर्तन भए !
जाउँ त कहाँ जाउँ , उखुको मूल्य नै नपाए !!
कोही भोकै मर्दैन भन्ने सरकार नारा लगाए !!!
खै समस्या हल गरे म पीडित उखु किसान !!!!
चिसोले आँखा भएछ रातो सडकमै बसी !
छोराछोरी जागिर छैन गर्छु नै उखु खेती !!
चिनी मिलले बारम्बार किसानलाई ठगिए !!!
खै समस्या हल गरे म पीडित उखु किसान !!!!
हामी उखु किसानबाट चिनी मिलले कमाए !
करोडौं पैसा कहाँ गयो उखुको मूल्य नदिए !!
दैनिकी जीवनमै अब गुजार्न नसके किसान !!!
खै समस्या हल गरे म पीडित उखु किसान !!!!