उखु किसानको मागप्रति काँग्रेसले गरायो सरकारको ध्यानकर्षण
नेपाली काँग्रेसले उखु कृषकसगँ भएको सहमति कार्यन्वयन गराउन सरकारसगँ जोडदार माग गरेको छ ।सरकारले आफ्नो रोहबरमा भएको सहमतिलाई कार्यान्वयन गराउन नसक्नु अत्यन्तै लज्जास्पद विषय हो उसले भनेको छ । सरकारको यस उदासिन कार्यप्रति हामी गम्भीर आपत्ति व्यक्त गदै सरकारलाई सहमति मात्र गराउने हैन कार्यान्वयन गराउन पनि अग्रसर हुनका साथै कृषकहरुको माग प्रति गम्भीर हुनको लागि काँग्रेसले माग गरेको छ ।
कृषकहरुको उखुको मूल्यको बक्यौता रकम चुक्ता गराउन सरकारले ठोस एवं प्रभावकारी कदम चाल्न र भुक्तानी नगर्ने उद्योगीलाई कारवाहीको दायरामा ल्याउन समन्य समितीका संयोजक पदम नारायण चौधरीले माग गरेका छन ।उखु विक्री वापतको भुक्तानी पाउनका लागि गरिब किसानहरु काठमाडौंको चिसोमा चार दिन देखि पुनः एक पल्ट आन्दोलनरत छन् ।
विगतमा सरकारी रोहबरमा कृषक र उद्योगी बिच भएको सहमति हालसम्म कार्यान्वयन भएको छैन । विभिन्न समयमा राष्ट्रपति देखि सरकार र सरोकारवाला समक्ष हारगुहार गर्दा पनि उखु कृषकले आफ्नो पसिनाको मूल्य नपाउनु र बारम्बार काठमाडौं आई आन्दोलन गर्न बाध्य हुनु अत्यन्त अन्याय र दुःखद पक्ष भएको चौधरीले बताए ।