काठमाडौं । यही मार्ग २९ गते हुने राष्ट्रिय कबिता प्रतियोगिताका लागि नेपाल प्रज्ञा –प्रतिष्ठानले प्राप्त ५०२ कबितामध्ये बाटा ३० जना कबि कबियत्रीका कबिता छनौट गरेको छ ।
देशैभरिबाट प्राप्त ५०२ कवितामध्ये छनोट समितिको पहिलो चरणको मूल्याङ्कनका आधारमा ती कविता छानिएको प्रतिष्ठानका सदस्य सचिव प्रा जगत्प्रसाद उपाध्यायले जानकारी दिएका छन् । प्रतियोगितामा वाचनका लागि १० प्राप्ताङ्क तय गरिएको बताइएको छ । हरेक वर्ष असार ९ गते हुँदै आएको प्रतियोेगिता कोभिड–१९ का कारण यो बर्ष पछि सरेको पनि जानकारी गराइएको छ ।