Friday, 16 April, 2021    |    २०७८ बैशाख ३ गते , शुक्रवार

बिश्व प्रसिद्ध फूटबल खेलाडी म्याराडोना ६० बर्षमै बिते


२०७७ मंसीर ११ गते , विहीवार प्रकाशित

uploads/media/

बिश्व फुटबल खेलका अहिलेसम्मकै एक प्रसिद्ध र चर्चित खेलाडी डिएगो म्याराडोनाको ६० वर्षकै उमेरमा हृदयाघातका कारण निधन भएको छ ।

मस्तिष्कमा रगत जमेपछि यही नोभेम्बर महिनाको आरम्भमा सफलतापूर्वक उनको मस्तिष्कको शल्यक्रिया गरिएको थियो र उनको मदिरामाथिको अत्यधिक निर्भरताको पनि उपचार गरिँदैरहेको समाचारहरु प्रकाशमा ा
आएका थिए ।


म्याराडोना आर्जेन्टिनाले सन् १९८६ मा विश्वकप जित्दा क्याप्टेन थिए । १९८२ मा २१ बर्षको उमेरमा उनी बिश्व कप फुटबल खेलमा चर्चित बनेका थिए ।

आज आर्जेन्टिनी फुटबल एशोसिएसनले ट्वीटर सन्देश’ प्रकाशित गर्दै म्याराडोनाको निधनप्रति गहिरो दुख व्यक्त गरेको छ र भनेको छ, “तिमि सधैँ हाम्रो हृदयमा रहनेछौँ।“

लोकप्रिय


    Warning: Invalid argument supplied for foreach() in /home/nepalpatranews34/public_html/files/single-content.php on line 86
uploads/media/img-4.gif

सम्बन्धित समाचार


Leave a Comment