Tuesday, 19 January, 2021    |    २०७७ माघ ६ गते , मंगलवार

राष्ट्रपति ट्रम्पले जो अब बाइडेनलाई सत्ता सुम्पन्न शुरु गर्ने


२०७७ मंसीर ९ गते , मंगलवार प्रकाशित

जिद्दी स्वभाबका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रपति निर्वाचित जो बाइडनले कार्यभार सम्हाल्नका निम्ति औपचारिक सत्ता हस्तान्तरण शुरु हुनसक्ने स्वीकार गरेका छन्।

 त्यसका निम्ति जिम्मेवार सङ्घीय निकाय जनरल सर्भिसेस् एड्मिन्ट्रेशन (जिएसए) लाई ’गर्नुपर्ने आवश्यक काम गर्न’ उनले सिफारिस गरेको बताए।

धाँधली गरेको भन्दै आएका ट्रम्पले चुनावको परिणामविरुद्ध आफ्नो कानुनी लडाइँ भने जारी रहने पनि बताएका छन् ।

जिएसएले पनि बाइडनलाई ’स्पष्ट विजेता’को रूपमा आफूले स्वीकार गरेको जनाएको छ। अमेरिकी राज्य मिशिगनमा राष्ट्रपति निर्वाचित जो बाइडनको जित औपचारिक रूपमा प्रमाणित भएसँगै मत परिणामलाई चुनौती दिने डोनल्ड ट्रम्पको प्रयासमा गम्भीर धक्का लागेको छ।

जिएसएले बाइडन समूहलाई प्रक्रिया सुरु गर्ने भनी जानकारी दिएपछि ट्रम्पले ट्वीट गरेका छन्।
ट्रम्पद्वारा नियुक्त प्रशासक इमिली मर्फीले राष्ट्रपति निर्वाचित बाइडनका निम्ति ६३ लाख डलरको कोष उपलब्ध गराउने बताएकी छन्।

उनले प्रक्रियागत ढिलाइ गर्न आफूलाई ह्वाइट हाउसबाट कुनै दबाव नआएको पनि जनाएकी छन्।


यता बाइडनको समूहले पनि महामारी र राष्ट्रिय सुरक्षाका मुद्दामा सरकारी अधिकारीहरू सँगको बैठकहरूपछि सत्ता हस्तान्तरण शुरु हुने कुरा वक्तव्यमार्फत् जनाएको छ। उसले मर्फीको पत्रको स्वागत गरेको छ । 

बर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई धक्का लागेको मिशिगन राज्यको मत परिणाम घोषणालाई अन्तिम रूप दिन त्यहाँको दुईमध्ये एक रिपब्लिकनले दुईजना डेमोक्र्याटलाई साथ दिएका थिए।

अनि अर्का रिपब्लिकन भने त्यसबाट अलग्गिएका थिए। ट्रम्पको कानुनी समूहले अझै पनि मिशिगनको परिणामलाई चुनौती दिने बताउन भने छोडेका छैनन्।

 

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif