ईलामको सन्दकपुर गाउपालिका जौबारीमा सशस्त्र बीओपी स्थापना
ईलाम । यस जिल्लाको सन्दकपुर गाउँपालिका ५ स्थित जौवारीमा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट (बिओपी) जौवारी स्थापना गरिएको सशस्त्र प्रहरी नायम उपरीक्षक अजय छतकुलीले बताएका छन् ।
नम्बर एक प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की तथा सोही प्रदेशका कृषीराज्य मन्त्री राम रानाले हिजो मंसीर ८ गते आयोजित एक समारोहका बीच उक्त बिओपीको उद्घाटन गरेको बताइएको छ ।
सशस्त्र प्रहरी बल, नेपाल नम्बर १ गण ईलाम मातहतमा स्थापना भएको यो बिओपी सीमा सुरक्षा, सीमा क्षेत्रमा हुने चोरी पैठारीनिकासी नियन्त्रण, सीमा अपराध नियन्त्रण लगायतका विविध कामmकारवाहीहरुमा परिचालित हुने बताइएको छ ।
ईलाम जिल्लाको सदरमुकाम देखि करीव ३९ किलोमिटरको aaदुरिमा नेपाल भारत सीमानाका भन्दा करीव १ किलोमिटर वर स्थापना गरिएको उक्त बिओपीले स्थापना भएकै दिनदेखि दैनिक कार्य सुचारु गरेको छ ।
सशस्त्र प्रहरी बलको एक प्लाटुन टोली आवश्यक बन्दोवस्तीका सामानसहित त्यस ठाउँमा खटिएको हो ।
नेपाल सरकारको नीति अनुरुप सीमानालाई अझ सबल बनाउनका लागि तथा सीमा अपराध नियन्त्रण र रोकथाम गर्नका लागि सशस्त्र प्रहरी बल, नेपालको बोर्डर आउट पोष्टहरु थप गर्दै लगिएको हो ।
हालसम्म १८९ वटा बोर्डर आउट पोष्ट स्थापना भईसकेका छन् भने पहिलो चरणमा निकट भविष्यमा २२१ वटा बोर्डर आउट पोष्ट स्थापना गर्ने योजनाका साथ आवश्यक कार्य भइरहेको पनि सशस्त्र प्रहरी उपरीषक छतकुलीले बताएका छन् ।