Tuesday, 19 January, 2021    |    २०७७ माघ ६ गते , मंगलवार

गोयल र नरबाणे पछि अब भारतीय बिदेश सचिव आउदै


२०७७ मंसीर ८ गते , सोमवार प्रकाशित

  काठमाडौं । भारतले नेपालसँग सम्वन्धलाई सुधार्न बार्ताका लागि पहिला आरएडब्लु ‘र’ का प्रमुख सामन्त गोयललाई पठायो र उनले प्रधानमन्त्री ओलीलाई भेटेर फर्किए । मध्यराततिर प्रधानमन्त्रीलाई भेटेर उनी फर्के पछि प्रधानमन्त्रीका प्रेस प्रबक्ता सूर्य थापाले भारतको नेपालको सम्वन्ध खल्बलिन नदिने बारेमा बार्ता भएको  कुरा सुनाइदिए । तर त्यो सम्वन्ध कसले खल्बल्याएको हो त्यो भने स्पष्ट पारेका छैनन् । 

  त्यसपछि भारतका स्थल सेना प्रमुख नेपाली सेनाको मानार्थ महारथीको सम्मान प्राप्त गर्ने नाममा नेपाल आए राष्ट्रपति, प्रधानमन्त्री र नेपाली सेना प्रमुखलाई भेटेर बार्ता गरी गए । नेपालसँगको भारतको मिचाहा र हस्तक्षेपकारी सम्वन्धका कारणले गोयल र स्थल सेना प्रमुख आउँदा जन स्तरमा बिरोधका स्वरहरु पनि उठेका थिए । यसै श्रृंखलामा अब भारतका बिदेश सचिव हरेषबर्धन श्र्रखला  यही मांसीर ११ गते नेपाल आउँदेछन् । उनलाई नेपालका परराष्ट्र सचवि भरतराज पौड्यालको निमन्त्रणमा उनी आउन लागेको बतायएको छ ।     नेपाको परराष्ट्र मन्त्रालयले दुई देशबीच उच्चस्तरीय भ्रमण आदानप्रदानकै निरन्तरताका सिलसिलामा भारतीय विदेश सचिवको भ्रमण हुन लागेको बताउँदै यो भ्रमणको पहिलो दिन नेपाल–भारत परराष्ट्र सचिवस्तरीय वार्ता हुने र त्यसमा द्विपक्षीय सम्बन्ध एवं सहयोगका विविध विषयमा विचारविमर्श हुने जनाएको छ ।

    अनि बिहीबार नै भारतका विदेश सचिवले नेपालका उच्चपदस्थ व्यक्तित्वसँग शिष्टाचार भेट गर्ने तथा कोभिड–१९ सम्बन्धी भारतीय सहायता हस्तान्तरण गर्ने कार्यक्रम रहेको पनि  मन्त्रालयले आज अपराह्न जारी गरेको प्रेस विज्ञप्तिमा मार्फत जनाइएको छ । भारतीय विदेश सचिव श्रृङ्गाला मङ्सिर १२ गते नयाँदिल्ली प्रस्थान गर्नेछन् ।

    यो भारतका उच्च पदाधिकारीहरुको नेपाल भ्रमणले नेपाल भारत सम्वन्धि चीसो सम्बन्धमा भिन्नता आउने हो कि होइन यतिबेला राजनीतिक बिश्लेषकरु जिज्ञाषकासाथ हेरिरहेका छन् ।किनभने बर्षौदेखि नेपाल र भारतका बीचको सीमा अतिक्रमणको समस्या काँचै पल्ेटदै आएको छ र नेपालको कालपानी, लिम्पियाधूरा र लिपुलेक भारतले सैनिक अखडता नै जमाएर बसेको छ । त्यो नेपालको सार्बभौकिक र प्रादेशिक अखण्डताका बिरुद्ध भारतीय सेनाको उपस्थितिको समस्या हल नभएसम्म दुइ देश बीचको सम्वन्धले समाधानको दिशा लिन सक्ने
छैन ।

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif