Monday, 17 May, 2021    |    २०७८ जेष्ठ ३ गते , सोमवार

२२ दलद्वारा सरकारले राष्ट्रियता, जनतन्त्र र जनजीबिका समस्या हल नगरी अझ बल्झाउदै लगेकोमा बिरोध जारी


२०७७ मंसीर ७ गते , आईतवार प्रकाशित

uploads/media/



काठमाण्डौ । सत्ता इतरका २२ दलले पूर्ण निर्णय अनुसार आज काठमाण्डौ लगायत ६ प्रदेशमा बिरोध प्रदर्शन गरेकाछन् । २ नं प्रदेशमा भने छठ पर्बको प्रभावले गर्दा बिरोध प्रदर्शन गर्ने कार्यक्रम केही दिन पछि सारिएको छ । 

आज काठमाण्डौको मण्डलामा भएको सयुक्त बिरोध कार्यक्रमलाई नेकपा(क्रान्तिकारी माओवादी) का नेता परिथापाले सम्बोधन गर्दै यो सरकारले जनता, राष्ट्र र जनतन्त्रकोहिता कामगर्दै भन्ने कुरा प्रष्ट पारेका थिए ।

संयुक्त बिरोध कार्यक्रमा नेपाल कम्युनिष्ट पाटी, नेकपा(मसाल), नेकपा(क्रान्तिकारी माओबादी) नेकपा(माले) राष्ट्रिय जनमोर्चा, देजमो, नेकपा(माओबादी केन्द), राष्ट्रिय जागरण मञ्च, जन समाजबादी पार्टी, नेकपा(संयुक्त) राष्ट्रिय जागरण परिषद्, बैज्ञानिक समाजबादी कम्युनिष्ट पाटीृ, नकपा(बोल्शेभिक), राष्ट्रबादी केन्द्र नेपाल, एमसीसी खारेज अभियान, पुष्पलाल अध्ययन समाज, सर्बहारा कम्युनिष्ट पार्टी(माओबादी), माक्र्सबादी एकता अभियान, नेकपा माक्र्सबादी नेकपा माक्र्सबादी(पुष्पलाल), नेकपा(माओबाी र समाजबादी राष्ट्रिय मञ्च नेपाल सरहेका छन् ।  काठमाण्डौमा भएको बिरोध कार्यक्रममा प्रदर्शनकारीहरुले यस प्रकार नारा लगाएका थिए । 

 प्रदर्शनकारीहरूले भारतद्वारा अतिक्रमित भूमि फिर्ता गर !, अमेरिकी साम्राज्यवाद मुर्दावाद !, भारतीय साम्राज्यवाद मुर्दावाद !, नेपालको सम्पूर्ण अतिक्रमित भूमि फिर्ता गर !, शिक्षा र स्वास्थ्य पूर्ण रूपमा राष्ट्रियकरण गरी निःशुल्क र सर्वसुलभ गर !, कोभिड–१९ का बिरामीहरूको परीक्षण र उपचार निःशुल्क गर !, बेरोजगारलाई रोजगारको व्यवस्था गर !, बेरोजगारलाई रोजगार दे, नभए बेरोजगार भत्ता दे !, उखुकिसानको बक्यौता रकम तुरन्त उपलब्ध गराऊ !, राष्ट्रघाती एमसिसी परियोजना खारेज गर !, लिम्पियाधुरा–लिपलेक–कालापानी हाम्रै हो !, २२ दलीय मोर्चा जिन्दावाद !, सन् १९५० लगायतका सम्पूर्ण असमान सन्धिसम्झौता खारेज गर !, गरिब तथा विपन्नवर्गलाई खानालगायत न्यूनतम सुविधाको ग्यारेन्टी गर, राजनीतिक दलमाथिको प्रतिबन्ध खारेज गर, राष्ट्रिय स्वाधीनताको रक्षा गरौँ  आदि ।



छठ पर्बले गर्दा यो बिरोध कार्यक्रम २ नम्बर प्रदेशमा केही दिन पर सारिएको भए पनि १ नम्बर प्रदेशको उदयपुर घाईघाट, ३ नं प्रदेशको काठमाण्डौ मण्डला, ४ नं प्रदेशको पृथ्वबी चोक पोखरा, ५ नं प्रदेशको बुटबल, ६ नं प्रदेशको सुर्खेत र ७ नं प्रदेको धनगडीमा बिरोध कार्यक्रम आज सम्पन्न भएको छ ।

सम्बन्धित समाचार


Leave a Comment