Tuesday, 24 November, 2020    |    २०७७ मंसीर ९ गते , मंगलवार

सही अर्थ के हो धर्म निरपेक्षताको ?


२०७७ मंसीर ७ गते , आईतवार प्रकाशित



हाम्रो देशमा जारी नयाँ संविधानले धर्मनिरपेक्षतालाई सही अर्थमा प्रयोग नगरी यसको अर्थ परम्परादेखि मान्दै आएको धर्म र सँस्कृतिको पालना र जगेर्ना गर्ने स्पष्टीकरण दिएको छ । यो राजनीति र संविधानकै अपमान र अनर्थ बाहेक  सीवाय अरु केही होइन । यस कारण धर्म निरपेक्षताका बारेमा पुनः गम्भीर बहस चलाउनु पर्ने स्थिति सिर्जना भएको छ । यसको सामाजिकताको बिकासमा भाषा र शब्दहरुको सार्वजनिक भूमिका रहेको यथार्थ दर्शाउनु पर्ने भएको छ ।
हुन पनि अनेक ज्ञाताहरुले शब्दको शक्ति र सही प्रयोगका बारेमा बताएका छन् । प्राचीन योग बैज्ञानिक पतञ्जलीले ‘महाभाष्य’मा के भनेका छन् भने शब्दको सम्यक ज्ञान र सम्यक प्रयोग नै सबैभन्दा सही र हितकारी हुन्छ । त्यसरी नै अग्रेज राजनीतिक शास्त्रका बिद्वान भोल्टेयरले पनि के भनेका छन् भने यदि कोही मसँग तर्क गर्न चाहन्छन् भने पहिला तिनले आफ्नो शब्दको परिभाषा गर्नु पर्दछ । त्यसैले शब्दको सही र जे अर्थ हो त्यसैको प्रयोग हुनु अपेक्षित र न्यायसंगत हुन्छ । अग्रेजीमा ‘सेक्यूलर’को मूल अनुवाद ‘पन्थ निरपेक्ष’ हुन्छ । तर राजनीतिमा ‘धर्मनिरपेक्ष’को रुपमा यसलाई जताततै प्रयोग गरिएको छ । शब्द कोषहरुमा सेक्यूलरको अर्थ भौतिक र इहलौकिक बताइएको छ । वास्तवमा ‘सेक्यूलर’ भौतिक संसारको पर्यायवाची  शब्द नै हो । 


हुन पनि यूरोपमा समय समयमा भौतिकता र धर्मका बिचमा पटक पटक संघर्ष चल्यो । किनकि त्यहाँ इसाई चर्चहरु राज्य ब्यवस्थामाथि हावी भएका थिए । रोमन राज्यले केही समयसम्म त्यसको बिरोध त ग¥यो तर अन्त्यतः फेरि पनि इसाई आधिपत्यकै जीत भयो । त्यतिबेला चर्चले राज्यसत्ताको दैनिक प्रशासन, करारोपण, सडक निर्माण बिस्तार र पेय जल आपूर्ति जस्ता बिषयमामा समेत हस्तक्षेप गर्ने गर्दथ्यो । ११औं शताब्दीमा बृटेनका राजा हेनरी चतुर्थले बिद्रोह गरे । तर उनले पनि पोप गे्रगरी सातौं समक्ष झुक्नु प¥यो । हेनरी हारेर पनि पोप(चर्च) र राज्य ब्यवस्थाका अधिकारहरुका बिषयमा बहस चलाउन भने सफल रहे । आगस्टिन पोपका समर्थक बने । वायक्लिफ, दाँते आदिले पोपवादको बिरोध गरे । मेक्याभेल्लीले आस्थावादी ब्यबस्थाको बिरोधलाई सैद्धान्तिक खास्टो ओढाए । इंगल्याण्डका हेनरी आठौले पनि पोपको बिरोध गरे । १७आंै शताब्दीसम्मको संघर्ष पछि पन्थ–आस्थालाई नीजी जीवनको बिषय मान्न थालियो । चर्चित बिद्वानहरु हब्स, लक र रुसो आदि बिचारकहरुले समाज र राज्यको दैबी सिद्धान्तको सट्टामा सामाजिक सम्झौताको सिद्धान्त खडा गरे । तर पोप(चर्च) जस्ता हस्तक्षेपकारी संस्थाहरु त्यसबेला शक्तिशाली नै थिए । तिनका बिरुद्धको संघर्ष पनि जारी रह्यो । २० सेप्टेम्बर १८७० का दिन पोपको रोममाथि इटालीको अघिकार हुनगयो । पोप बिरुद्ध इटलीको स्वतन्त्र राज्यलाई लिएर मतदान भयो । पोपवादले हा¥यो । इटलीको संसदले १८७१ मा ‘ल अफ पेपर ग्यारेण्टी’ पारित ग¥यो । पोपलाई उनको निवास र वरिपरीको क्षेत्र ‘भेटिकन’ दिएर सर्बोच्च शासक मानियो । १९०५ मा फ्रान्सले पनि पृथकता कानुन बनाएर भौतिक (सेक्यूलर) बिषयहरुमा राज्य ब्यवस्थाको एकाधिकारलाई सबल बनायो । यूरोपमा के सिद्धान्त बन्यो भने जो सीजर(राजा) को हो, त्यो राजालाई देऊ र जुन इश्वरको  हो त्यो इश्वरलाई देऊ । राजकाज सञ्चालनमा पोप, पादरी र मौलवी अझ सगठित पन्थको दबाबवाट मुक्ति नै निरपेक्षताबाद हो । यता पूर्वमा  ऋग्वैदिक कालमा नै ं जिज्ञासा व वैज्ञानिक दृष्टिकोणको वातावरण तथा यथार्थवादी दर्शनको बिकास भएको देखिन्छ । पूर्वीय दर्शनले प्रकृतिका नियमहरुलाई ऋत या धर्म भनेको छ । भारतका एकजना बिद्वान डा. रामबिलास शर्माले लेखेका छन् ः नियमहरुको पालना गर्नु पनि एउटा नियम हो, एउटा कर्म हो । धर्मको अर्थ – यसकारण कर्म हो । अथर्बबेद कम्तिमा पनि आजभन्दा ३—४ हजार बर्ष पहिला लेखिएको मानिएको छ । त्यतिबेला इशाई धर्मको आरम्भ  नै भएको थिएन । तर यस बेदको पृवी सुक्त(१२–१–४५)ले के भन्दछ भने – हे धरती माता ! तपाई बिभिन्न भाषाभाषी, बिभिन्न धर्माबलमी मानिसहरुको एउटा परिवारलाई आश्रय तथा ऐश्वर्य दिनुहोस् । 
यूरोपमा ‘सेक्यूलर’ को उदेश्य राजकाजलाई पन्थ अर्थात् धर्म–दबावबाट मुक्त राख्नु थियो । यता पूर्वमा खाशगरी भारतमा यसको लक्ष तुष्टीकरण (कसैको चित्त बुझाउने जस्तो) बन्यो भने सेक्युलर भन्ने शब्दलाई ‘बिदेशी बिचार’रुपमा अपब्याख्या गरियो र अहिले पनि गरिदैछ । अनि सेक्यूलारिज्मको अधिकृत अनुवाद ‘पन्थनिरपेक्षता’ नै हो भनेर सेक्युलारिज्म या धर्मनिरपेक्षता जुन परिप्रेक्षमा जन्मियो र अथ्र्याइयो त्यस यथार्थबाट यसको मर्म या सत्वलाई समाप्त पार्न खोजिदैछ । यद्यपि राम्रै भएको छ कि यस बारेमा फेरि  बहस चल्न शुरु भएको छ । यसको यथार्थ बिकासमा भाषा र शब्दहरुको सार्वजनिक भूमिका रहेको रहेको हुन्छ नै । तिनैको पृष्ठभूमि र बिकासको यथार्थको  आधारमा अर्थ लगाउनु पर्ने हुन्छ । जथाभावी अराजकता र भ्रम सिर्जना गरिनु हुदैन । त्यसो गरिनु सामाजिक नैतिकता, इमानदारीता र मूल्य मान्यता बिपरीत कुरा हुन जान्छ । हरेक बिषयमा शब्द शक्तिको संयक प्रयोग आवश्यक, उचित र न्यायसंगत हुन्छ र हुनु पर्दछ । त्यसैले शब्द तत्वको ज्ञानको आवश्यकता पनि परेको हो ।  

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif