Tuesday, 24 November, 2020    |    २०७७ मंसीर ९ गते , मंगलवार

कोरोना संक्रमितको संख्या दुई लाख १८ हजार नाघ्यो मृतक, १३०५


२०७७ मंसीर ६ गते , शनिवार प्रकाशित



आज नेपालमा विगत २४ घण्टामा १,६७४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि र सात जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

 यसै अवधिमा देशभरि ९,८०५ जनाको परीक्षण गर्दा माथि उल्लिखित सङ्ख्यामा सङ्क्रमित फेला परेका हुन्।

काठमाण्डू उपत्यकामा सर्वाधिक परीक्षण गरिने र सङ्क्रमित फेला पर्ने क्रम निरन्तर जारी छ।

बिगत केही महिनादेखि जाँचिएका नमुनामा ठूलो दरमा सङ्क्रमण देखिने क्रम जारी छ। यसप्रति जनस्वास्थ्यविद्हरूले चिन्ता व्यक्त गरेका छन्।

तर पर्याप्त सङ्ख्यामा परीक्षण नभएकाले सङ्क्रमितको सङ्ख्या अझ धेरै हुनसक्ने उनीहरूको भनाइ छ।

यो वृद्धिसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या दुई लाख १८ हजार नाघेको छ।

अहिले देशभरि २४,००९ जनामा सक्रिय सङ्क्रमण छ।

सरकारको तथ्याङ्कअनुसार १,९३,३२५ जना निको भइसकेका भने १,३०५ नाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको मन्त्रालयले जनाएको छ।

यस अबधिमा काठमाण्डू उपत्यकामा ४९० जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कमा देखिन्छ।

नेपालमा सङ्क्रमितहरू निको हुने दर ८८.४ प्रतिशत पुगेको छ।

गएको शनिवार अपरान्ह मन्त्रालयले अपराह्ण प्रकाशित गरेको विवरणमा २४ घण्टाको अवधिमा थप २,३२३ जना सङ्क्रमणमुक्त भएको उल्लेख छ।

स्वास्थ्य मन्त्रालयले शुक्रवार १,९४५ जनामा सङ्क्रमण पत्ता लागेको र २२ जनाको मृत्यु भएको बताएको थियो।  

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif